चीनका विभिन्न सहरबाट पोखरालाई सहयोग

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:२३

पोखरा–छिमेकी मुलुक चीनको सहयोगमा पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, गोन्जाओ, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।


बिहीबार आयोजित कार्यक्रममा चीनबाट स्वास्थ्य सामग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमैत्री संघ अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ती सामग्री हस्तान्तरण गरे ।


अध्यक्ष पालिखेले करिब २ करोडका सामग्री हस्तान्तरण गरिएको बताए । कोरोना रोकथाम र नियन्त्रणका लागि २ वटा भेन्टिलेटर, १५ अक्सिजन कन्सन्टेटर मेसिन, ५० अक्सिजन सिलिन्डर, ३ सय अक्सिमिटर, ८ हजार आरटि पिसिआर किट, ५ सय वटा पिपिई र मास्क हस्तान्तरण गरिएको हो ।

Advertisement


पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताबाट प्राप्त भएका स्वास्थ्य सामग्री सदुपयोग हुने प्रतिवद्धता जनाइन् । महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीको सेवामा ती सामग्री प्रयोग हुने गुरुङले बताइन् ।


महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणमध्ये भेण्टिलेटरको आवस्यकता बढ्दै गएको जनाए । कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया