बाबाकाे मुख हेर्ने दिन केपी ओली पाेखरा आउने

समाधान संवाददाता २०७८ भदौ २० गते ७:३०

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेका अधिकांश कार्यक्रता अध्यक्ष केपी शर्मा ओलीलाई केपीबा भनेर सम्बाेधन गर्छन् । अध्यक्ष ओलीका आफ्नै सन्तान नभएकाले पनि अधिकांश युवा कार्यकर्ताले उनलाई बा भन्ने गरेका हुन् । उनले पनि युवा कार्यकर्ताले बा भन्दा रमाइलाे मान्छन्, खुशी हुन्छन् ।

नेपाली समाजमा कुशे औसीलाई बाकाे मुख हेर्ने दिनका रुपमा मनाईन्छ । याे दिन छाेरा छाेरीले आफ्ना बाबाकाे मुख हेर्ने र मिठाे मसिनाे खुवाउने चलन छन् । घरघर गएका छाेरी हुन् वा जागिर अन्य कारणले बाबासँग टाढा भएका छाेरा छाेरी हुन्, त्यस दिन सकेसम्म बालाई भेट्ने प्रयास गर्छन् ।

Advertisement

शुक्रबार पाेखरामा नेकपा एमालेले कास्कीका जनप्रतिनिधिकाे भेला आयाेजना राखेकाे थियाे । साेही भेलालाई सम्बाेधन गर्ने बेलामा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भदाैं २२ गते पाेखरा सभागृहमा आउन एमाले कार्यकर्तालाई निम्ताे दिए । उनले भने–सुखद संयाेग परेकाे छ, हामीले बा बा भनेर सम्बाेधन गर्ने हाम्रा प्रिय अध्यक्ष बाबाकाे मुख हेर्ने दिन कुशे औसी कै दिन भदाैं २२ गते हाम्लाई सम्बाेधन गर्न पाेखरा आउदै हुनुहुन्छ, सबै जना आउनु हाेला ।

भदाैं २२ गते एमाले कास्कीले बृहद कार्यकर्ता भेला आयाेजना गरेकाे अध्यक्ष थापाले बताए । साे भेलालाई अध्यक्ष ओलीसहित सुरेन्द्र पाण्डे लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ ।

Advertisement

एमाले विभाजन भएपछि ओलीकाे पाेखरामा पहिलाे सम्बाेधन हाे । ओलीसँगै पाेखरा आउने एमाले नेता सुरेन्द्र पाण्डे एमालेमा विवाद हुँदाकाे समयमा गठित समानान्तर कमिटीका गण्डकी प्रदेश इन्चार्ज हुन ।

तिनै पाण्डेलाई दाेश्राे वक्ताका रुपमा साथमा लिएर आउने ओलीले माधव नेपालकाे पक्षमा लागेर पार्टी विभाजन गर्नेहरुलाई पार्टीमै फर्कन आव्हान गर्ने बताइएकाे छ । साथै पार्टी विभाजन पछि निराश बनेका कार्यकर्तामा उर्जा भर्न पनि अध्यक्ष ओली पाेखरा आउने भएकाे एमाले कास्कीका अध्यक्ष थापाले बताए । भेलामा एमाले कास्कीका सबै अगुवा कार्यकर्तालाई सहभागी गराइने जानकारी पनि थापाले दिए ।

तपाईको प्रतिक्रिया