त्रिशूलीमा कार खस्यो, पोखराका तीन जना बेपत्ता

समाधान संवाददाता २०७८ असोज ८ गते ८:५५

पाेखरा-पृथ्वी राजमार्गको मुग्लिननजिक त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बिहीबार राति ११ देखि १२ बजेको भित्रमा काठमाडौं देखि पोखरा आउन मुग्लिन तर्फ आइरहेको ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो ।

घटनामा कार चालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमै रहेका पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता हुने तीनै जना पोखरा महानगरपालिका हन् । महानगरपालिका १७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता छन् । प्रेम बहादुर भुजेल नेपाल चेम्बर अफ कमर्स कास्कीका बरिष्ठ उपध्यक्ष हुन् । तीनै जनाकाे खोजी जारी रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको थियाे ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया