मुग्लिङ कार दुर्घटना अपडेट

रुद्रनाथ डिस्चार्ज, पाेखरा ल्याइँदै

सुवेदीले भनेका छन्– एक्कासी ड्याम्म आवाज आयाे, त्यसपछि हाेसमा आउदा रुखमा अड्केकाे थिए !

समाधान संवाददाता २०७८ असोज ८ गते १७:२२
दुर्घटनामा परेर सामान्य घाइते भएका पाेखरा १७ का रुद्रनाथ सुवेदीकाे फाइल तस्विर ।

पाेखरा । विहिबार राति मुग्लिङ नजिकै विभत्स कार दुर्घटनामा परेर पनि सामान्य घाइते भएका पाेखराका व्यवसायी रुद्रनाथ सुवेदी अस्पतालबाट डिस्चार्ज भएका छन् । साेही कारमा रहेका ३ जना र कार अझै त्रिशुली नदीमा बेपत्ता छन् ।

सुवेदीलाई विहिबार राति नै उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे । चितवन प्रहरीका अनुसार उनलाई आजै दुर्घटनास्थलमा लगेर प्रहरीले पाेखरा पठाएकाे छ । सामान्य अवस्थामा रहेका सुवेदीलाई पाेखरा ल्याइदैछ ।

सुवेदीले प्रहरीलाई दिएकाे जानकारी अनुसार गाडी प्रेम भुजेलले नै चलाएका थिए । दुर्घटनापछि सुवेदी रुखमा अड्केका थिए । श्राेतका अनुसार सुवेदीले प्रहरी समक्ष भनेका छन्– एक्कासी ड्याम्म आवाज आयाे, त्यसपछि हाेसमा आउदा रुखमा अड्केके थिए । सुवेदी राष्ट्रिय बाणिज्य संघ कास्की वार्ड न. १७ का अध्यक्ष हुन् ।

Advertisement

बिहीबार राति पाैने १२ बजे चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो । साे कार च्याम्बर अफ कमर्श कास्कीका बरिष्ठ उपाध्यक्षा एवं सामाजिक व्यक्तित्व प्रेम भुजेलले चलाएका थिए । अघिल्लाे सिटमा बसेका सुवेदी कारबाट बाहिर उछिट्टिए भने प्रेमसहित पाेखरा १७ का लेखबहादुर भुजेल र इश्वरी भुजेल वेपत्ता छन् ।

दुर्घटना भएलगत्तै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्दारकर्मी रातीबाटै उद्दारमा खटिएका थिए । उद्दारमा खटिएका प्रहरी निरीक्षकले दिएकाे जानकारी घटनास्थलदेखि त्रिशुली नदी किनारसम्म गाडीका टुक्रा टुक्रा फेला परेका छन् भने गाडीकाे मुख्य बाेडी त्रिशुली नदीमा डुबेका छ ।

Advertisement

वर्षायामकाकारण नदी बढेकाले पनि खाेजी कार्यमा कठिनाई आएकाे छ । च्याम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले प्रहरीलाई उध्दृत गर्दै दिएकाे जानकारी अनुसार पृथ्विराज मार्गकाे सबै भन्दा कठिन स्थलमा दुर्घटना भएकाले उद्दारमा कठिनाई भैरहेकाे छ ।

पानी धमिलाे भएकाेकारणले गाेताखाेरलाई पनि खाेज्न कठिन भएकाे छ । अब हुक प्रयाेग गरेर गाडीकाे बाेडी खाेज्ने तयारी छ भने राफ्टिङ र कायकहरुकाे पनि प्रयाेग गरेर खाेजी कार्य गर्ने तयारी गरेकाे पनि सुरक्षाकर्मीले बताएका छन् ।

अहिले खाेजी कार्यमा सुरक्षाकर्मीका अलावा स्थानीय पनि जुटेका छन् भने पाेखराबाट पनि ठुलै संख्यामा मानिसहरु दुर्घटनास्थलतर्फ गएका छन् । बेपत्ता भएका व्यक्तिका आफन्त र साथिभाइहरु समेत त्रिशुली किनारमा खाेजीमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया