कांग्रेस अन्नपूर्ण गाउँ समितिमा मनपति भण्डारी

समाधान संवाददाता २०७८ असोज ८ गते १८:०२

नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालिका कास्कीमा शुक्रबार भएको अधिवेशनले मनपति भण्डारीलाई गाउँ समिति सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । उनको नेतृत्वमा समितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएको महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले जनाए ।

अधिवेशनको क्रममा शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । आवश्यक जिम्मेवारीमा आवश्यकताभन्दा धेरैको उम्मेदवारी नपरेपछि सबैजना निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने शनिबार हुने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया