बेनी-जोमसोम सडक सास्ती

सडकमा फसेको बस तान्न पैसाको बार्गेनिङ

सुन्दरकुमार थकाली २०७८ असोज ९ गते १२:५३

२०७४ सालदेखि निर्माणधिन राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकको हालसम्मको भौतिक प्रगती ५० प्रतिशत छ । जोमसोम—कोरला १ सय १० किमी सडकको भौतिक प्रगती ८५ प्रतिशत रहेको जनाईएको छ ।झन्डै ६ अर्ब लागतको बेनी—जोमसोम—कोरला १ सय ८६ किमी सडक अन्तर्गत बेनी—जोमसोम सडक कहिले सम्पन्न हुने हो भन्नेमा दुविधा उत्पन्न भईरहेको छ ।

२०६० सालअघि नेपाली सेनाले पहिलो पटक ट्र्याक खुलाईएको सडक सरचना भित्रै पर्ने गरी कालिगण्डकी करिडोरले बेनी—जोमसोम सडकको सर्वे गरी सडक स्तरोन्नति थालेको थियो । म्याग्दीको भौगोलिक अवस्थाका कारण कालिगण्डकी करिडोरले सर्वे गरेका सडक एलाईमेन्ट समेत गलत भएको होकी भन्ने जानकारहरु बताउँछन् । मुस्ताङ जोड्ने बेनी—जोमसोम सडकको म्याग्दी खण्डको विभिन्न स्थानमा भौगर्भिक भु—सतह कमजोरका कारण निर्माणधिन सडकमा विभिन्न बाधा व्यवधान उत्पन्न हुने गरेको पाईएको छ ।

कुल ४ प्याकेजमा सडक स्तरोन्नति सुरु गरिएको बेनी—जोमसोम सडकको म्याग्दी खण्डमा २ प्याकेज र मुस्ताङ खण्डमा २ प्याकेजमा काम सुरु भएको थियो ।बर्सेनि बर्खायामको बाढी÷पहिरो र नदी कटानका कारण निर्माणधिन बेनी—जोमसोम सडक निकै सास्तीमय हुने गरेको छ । हिउदयाममा स्तरोन्नति गरिएको सडक बर्खायाममा ध्वंस्त हुने गर्दा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ ।बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दीको गलेश्वर,बेगखोला,बैसरी,तातोपानी,दाना,रुप्से र काभ्रेभीर लगायतका सडकमा बर्षाले दुख दिने गरेको छ ।बर्खायामको लगातार पटक÷पटकको वर्षाले सडक हिलाम्मे हुने ,पहिरो जाने र सडक सरचना भासिने गरेको छ ।

Advertisement

गत असारदेखिको बर्षाले बेनी—जोमसोम सडक सरचनामा नराम्ररी क्षति पुगेको छ ।बर्खायामको वर्षाले बेनी—जोमसोम सडकको दुरअवस्था समेत कायमै छ । पर्यटकीय सिजन तथा अनुकुल मौसममा मुस्ताङमा हजारौ पर्यटक सवारी लिएर मुस्ताङ आउने गर्छन् ।तर,सडक जति पटक मर्मत ग¥यो उक्तिनै बिग्रने गर्दा सडक स्तरीय बन्न नसक्दा पर्यटक तथा सवारी साधनले निकै ठुलो सास्ती भोग्नु पर्ने अवस्था अझै बिद्यमान रहेको छ । चालु वर्षको हरितालिका तीज पर्वमा पनि सडक कमजोर हुदा मुस्ताङमा उत्पादित कृषिजन्य पदार्थ बजारिकरणमा निकै समस्या प¥यो ।

यस्तै,यो वर्षको दशै पर्वअघिको सोह्र श्राद्ध सुरु भएको पनि ५औ दिन पुग्दैछ । यसबीचमा हजारौ तिर्थयात्री मुस्ताङको कागबेनीमा पितृ उद्दारका लागि श्राद्ध गर्न आउथे पनि उनीहरुले मुक्तिनाथको समेत दर्शन गथ्र्ये ।तर, मुक्तिननाथ मन्दिर भोली आईतबार देखि खुल्ला गरिने भएपनि श्राद्ध स्थलमा धार्मिक अनुष्ठान गर्ने काममा कुनै समस्या छैन । यद्यपी विगतको जस्तो दर्शनार्थीको रौनक यसपटक छैन । हजारौ तिर्थयात्री आउने मुस्ताङमा यतिबेला दैनिक २५÷३० जनाको संख्यामा मात्र आएको पाईएको छ । मुक्तिनाथ मन्दिर खुल्ला भएमा पनि कोरोना अघिको बिगतको पर्यटकीय रौनक यसपटक देखिने लक्षण छैन ।

Advertisement

मुस्ताङमा गत बैशाखदेखिको निषेधाज्ञा जारी छ । यद्यपी पर्यटकलाई कोरोना परीक्षण रिपोर्ट तथा खोप कार्डको आधारमा जिल्ला प्रबेश गर्न पाउने ब्यवस्था गरिएको छ ।मुस्ताङमा निषेधाज्ञा खुकुलो बन्दै गएपनि बेनी—जोमसोम सडकको म्याग्दी खण्डको सडक दुरअवस्थाले पर्यटकलाई समयमै गन्तब्यमा पुग्न निकै कठिन र चुनौतीपूर्ण भईरहेको छ । आसन्न चाडपर्व नजिकिदै गईरहेको ,स्याउ बजारिकण गर्ने तथा भेडाच्यांग्रा किनमेलको समय सुरु भईसक्दा समेत म्याग्दी खण्डको सडक सुधार हुन सकेको छैन ।पोखरा—काठमान्डौंबाट यात्रु लिएर मुस्ताङ प्रस्थान गर्ने गरेका बस,ट्रक,जीप र मोटरसाईकलहरु सडकमै फस्ने गरेको छ ।

यसरी फसेका सवारी साधनहरु गन्तब्यमै नपुगीबीचमै अलपत्र पर्ने गरेका छन् । बिहिबार पोखराबाट मुस्ताङ प्रस्थान गरेका मुस्ताङ यातायात प्रालिको एक बस,पृथ्वीको एक बस र म्याग्दी कोरला यातायातको बस म्याग्दी रुप्से र काभ्रेभीर सडकमा राती १२ बजे सम्म अड्किएका थिए । म्याग्दीको रुप्सेमा फसेका बसहरुको शर्मा गजुरमुखी जेभीको सडक खन्ने उपकरणले तानेर उद्दार गरे ।तर ,उपकरणका अपरेटरले बस ताने बापतको शुल्क १ हजारदेखि २ हजार सम्म शुल्क लिए ।

तर,सडक त्यहा मात्र अप्ठ्यारो थिएन ,काभ्रे नजिक पनि सडक हिलाम्मे थियो ।जसो तसो रुप्सेबाट उत्रिएका बसहरु काभ्रेभीरमा अड्कियो । बसका स्टापहरुले फेरी उपकरण चलाउने अपरेटरलाई पुन उद्दार गरिदिन आग्रह गरे । तर ,उपकरण चलाउने अपटरहहरुले फेरी पैसा असुल्ने मौका छोप्न थाले । उनीहरु भन्दै थिए “रातीको समय हो ,जोखिम हुन्छ ,२५ सय रुपैया दिएमा मात्र बस उताछौं ।’ लाग्छ अपरेटरको कुरा सुन्दा यही नै हो मौकामा चौका हान्ने ,उनीहरु मानवीय उद्दार सहयोगमा अलिकती पनी दयाको भाव जाग्न सकेन ।

राती ९ बजे फेसेका बस १२ बजेसम्म काभ्रीभीरमै रह्यो । त्यस वरपर कुनै बस्ने मिल्ने होटल थिएन । ३ वटा बसमा करिव २ सय भन्दा बढी यात्रु थिए । उनीहरु बस भित्रै बसे ।त्यसपछि अपरेटरहरुले बार्गेनिङ गरेको पैसा बसवालाले दिने भएपछि राती १२ बजे फेरी उपकरण लिएर बस तान्न काभ्रेभीर सडकमा आए । उपकरणले हिलाम्मे सडकमा फसेको बस तानेपछि मात्र पोखराबाट प्रस्थान गरेका बसहरु राती ३ बजे जोमसोम पुगे ।
पर्यटक तथा सवारी साधनको आउजाउ बढ्ने समयमा समेत निर्माण कम्पनीले अप्ठ्यारो सडकको मर्मत गर्न कन्जुस्याई गर्दा बेनी—जोमसोम सडक यात्रा कष्ठकर बन्ने गरेको छ ।सडकको पछिल्लो दुर्रदशाका कारण मुस्ताङमा पर्यटक तथा मालसमान ढुवानीमा समस्या पर्ने गरेको सरोकारवालाहरु बताउछन् । उनीहरुले अबिलम्ब सडक अवस्था सुधार गर्नमा निर्माण कम्पनीले चाँसो दिनु पर्ने सुझाएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया