मुस्ताङको ५ वटै स्थानीय तहमा कांग्रेसको सर्वसम्मत कार्यसमिति निर्वाचित

सुन्दरकुमार थकाली २०७८ असोज १० गते ११:३२

जोमसोम—नेपाली कांगेसको आसन्न १४ औं महाधिवेशनका लागि हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा कांग्रेसको सर्वसम्मत पालिका स्तरीय कार्यसमिति निर्विरोध भएको छ ।

यहाँका ५ वटै स्थानीय तहमा क्रियाशिल सदस्य संख्याको आधारमा सभापती ,उपसभापती,सचिव सहसचिव र सदस्यहरु सर्वसम्मत निर्र्विरोध निर्वाचित भएको पालिका निर्वाचन कमिटीका संयोजक अनन्त आचार्यले जानकारी दिए । उनले मुस्ताङका ५ वटै स्थानीय तहमा १ सय ५८ जना कार्यसमिति सर्वसम्मत निर्वाचित भएको उल्लेख गरे ।

मुस्ताङका ५ वटै स्थानीय तहमा शनिबार पालिका स्तरीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो ।नेपाली कांग्रेसको वडा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मा केन्द्रले नेपाल शिक्षक संघ मुस्ताङलाई सुम्पिएको थियो । नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष तथा निर्वाचन कमिटीका संयोजक अनन्त आचार्यका अनुसार घरपझोङ गाउँपालिकाको सभापतीमा यामप्रसाद थकाली सर्वसम्मत निर्वाचित भएका छन् । उनको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।सभापतीमा निर्वाचित थकाली घरपझोङ गाउपालिका—४ का वडाध्यक्ष हुन् ।लोमान्थाङ गाउँपालिकाको सभापतीमा छेवाङ झिम्मी बिष्ट निर्विरोध निर्वाचित भएका छन् । उनका नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

Advertisement

यसैगरी लोघेरक दामोदरकुण्ड गाउपालिकाको सभापतीमा टसी लेन्डुप गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । लोघेकर दामोदरकुण्डमा समावेशी सदस्य संख्य अपुग भएकाले ३० सदस्यीय पालिका कार्यसमिति निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक आचार्यले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँ पालिकाको सभापतीमा आङजीङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।उनको सभापतीत्वमा ३२ सदस्यीय पालिका कार्यसमिति सबै सर्वसम्मत भएका हुन् ।

यस्तै,मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाको सभापतीमा रुपेश तुलाचन सर्वसम्मत निर्वाचित भएका छन् । उनको सभापतीत्वमा थासाङमा ३२ सदस्यीय पालिका कार्यसमिति निर्वाचित भएका हुन् ।

Advertisement

यसअघि कांग्रेसको १४ महाधिवेशनका लागि वडा स्तरीय नेतृत्व चयन तथा क्रियाशिल सदस्यहरुको सर्वसम्मत निर्वाचन सम्पन्न भएको थियो । कांगेसका वडा तथा स्थानीय तहपछि जिल्लाको निर्वाचन असोज १५ गते हुने निर्वाचन कमिटी संयोजक आचार्यले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया