आज सडक महोत्सव, ११ देशका राजदूत सहभागि हुने

सञ्जय रानाभाट २०७८ असोज ११ गते ११:५७


आज ४९ औं विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा रेन्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले १ दिने मिनी सडक महोत्सव हुँर्दैछ । पोखराको पर्यटन क्षेत्र सुरक्षीत भएको सन्देश दिने महोत्सव गर्न लागेकाे पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । कोभिड १९ का कारण १८ महिनादेखि ठप्प गरेको पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो ।


अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न वडा कार्यालयदेखि जिल्ला प्रशासनबाट समेत अनुमति पाएको छ । महोत्सव मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले उद्घाटन गर्ने छन् । कोरोना संक्रमणको जोखिम पूर्णरुपमा नियन्त्रण नभएको अवस्थामा स्वास्थप्रति सजग भई व्यावसायिक क्रियाकलाप गरिने आयोजकले जनाएको छ । महोत्सव लेकसाइडको बाराही चोकदेखि खहरे चोकसम्म साँझको ५ बजेबाट राति १० बजेसम्म चल्नेछ ।

Advertisement


महोत्सवमा क्षेत्रमा सवारी साधनलाई रोक लगाइएको छ । आपतकालीन अवस्थामा प्रयोग हुने दमकल, एम्बुलेन्स, प्रहरीका सवारी साधनलाई भने सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइनेछ । सांस्कृतिक कार्यक्रम, चर्चित सांगीतिक समूह लक्ष्य ब्यान्ड र हिमाली सांकृतिक समूहको प्रस्तुति रहेनछ । साथै, नेवार समुदायको लाखे नाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित स्टिक डान्स, गन्धर्व समुदायको सारंगीवादन जस्ता संस्कृतिक कार्यक्रम महोत्सवमा प्रस्तुत गरिनेछ ।

११ देशका राजदूत सहभागि हुने

Advertisement

पोखरामा आइतबार ११ देशका राजदूत आएका छन् । ४९ औं विश्व पर्यटन दिवसको अवसरमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी आज २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् ।


उनीहरुलाई पोखरा विमानस्थलमा कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, गण्डकी प्रदेश मन्त्रालयका सचिव, पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गरेका थिए ।
गण्डकी प्रदेश सरकारको पहलमा उनीहरु पोखरा आइपुगेका हुन् । लामो समय देखि थला परेको पोखराको पर्यटन क्षेत्रलाई उकास्न विश्व पर्यटन दिवसको अवसरमा राजदूतहरुको सहभागिताले पर्यटन क्षेत्रलाई केही राहत पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।


टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रीभोज आयोजना गरेको छ । गण्डकी प्रदेश सरकारको संयोजन र मा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा आज विश्व पर्यटन दिवस मनाउने कार्यक्रम छ । उनीहरुलाई पोखरामा रहँदासम्म सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल, फेवातालमा बोटिङ गर्ने कार्यक्रम छ ।


राजदूतहरुको भ्रमणले पोखराका पर्यटन व्यवसायहरु उत्साहित भएका छन् । लामो समय ठप्प रहेको पोखराको पर्यटन व्यवसाय अब केही चलायमान हुने व्यवसायहरुले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया