दीपक आचार्य १ हजार धरौटीमा छुटे

समाधान संवाददाता २०७८ असोज ११ गते १९:०२

पोखरा । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका पोखरा १७ महतगौंडा बस्ने ३८ वर्षे दीपक आचार्य १ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी असोज ५ गते पक्राउ परेका थिए । आफूलाई झुठा मुद्दामा पक्राउ गरिएको उनको भनाइ थियो ।

आफ्नै बाबुले बेचेको जग्गामा आफ्नो दाबी गर्दै दीपकले दुख दिएको भन्दै जग्गाधनीले दुखेसो पोख्दै आएका थिए । त्यस विषयमा परेको मुद्दामा उक्त जग्गामा दीपकको हकदाबी नपुग्ने फैसला अदालतले गरिसकेको छ ।

एकपछि अर्कोलाई बिक्री हुँदै आउँदा छैटौंपटकमा अहिले उक्त जग्गा शान्ति महत अर्यालको नाममा आइपुगेको छ । ४ असाेजमा २ जना गएर जग्गाको डिपिसी भत्काइएपछि दीपकविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका थिए । बाबुले बेचेको जग्गा आफ्नै हो भन्दै दीपकले उक्त जग्गामा यो जग्गा विवादित हो भनी बोर्ड टांग्ने र खास जग्गाधनीलाई पाइला राख्नसमेत नदिने गरेको गुनासैका आधारमा स्थानीयले समेत अनौपचारिक रुपमा प्रहरी प्रशासनलाई सिकायत गरेका थिए ।

Advertisement

जिल्ला प्रशासन कार्यालयमा आचार्यले सोमबार १ हजार रुपैयाँ धरौटी बुझाएका हुन् । उनले आफूलाई झुठा मुद्दा लगाइएको भन्दै प्रहरी हिरासतमा भोक हडताल गरेका थिए । धरौटी बुझाइसकेपछि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा उनलाई सर्वत खुवाएर हडताल तोडाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया