लामिछानेले फिर्ता लिए राजीनामा

अधिवेशनमा पराजित भएपछि लामिछानेले पाेखरा महानगरकाे कांग्रेस दलकाे नेताबाट राजीनामा दिएका थिए

समाधान संवाददाता २०७८ असोज १३ गते १४:१८
लामिछानेलाई राजीनामा फिर्ता लिन सहमत गराएपछि सामुहिक तस्विर खिच्दै कांग्रेसबाट विजयी भएका वडाध्यक्षहरु

पोखरा । पोखरा महानगरपालिकाकाे नेपाली कांग्रेस दलका नेता तथा सचेतकबाट राजीनामा गरेका वडाध्यक्ष रामराज लामिछाने आफ्नाे निर्णयबाट पछि हटेका छन् ।

बुधबार महानगरका कांग्रेस वडाध्यक्षकाे बैठकमा सबै जनाले लामिछानेलाई राजीनामा फिर्ता गरेर पूर्ववर्ती जिम्मेवारीमा फर्कन गरेकाे आग्रह उनले स्वीकारेका हुन् । वडाध्यक्षहरुकाे बैठकपछि दलका उपनेता तथा वडा नम्बर ४ का अध्यक्ष शंकर बाँस्ताेलाले विज्ञप्ति जारी गरेर उनी नियमित काममा फर्केकाे पुष्टि गरेका छन् ।

कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत पाेखरा महानगर समितिकाे सभापतिमा निर्बाचन लडेका लामिछाने पराजित भएका थिए ।वडा नम्बर ९ का वडाध्यक्ष लामिछानेले राजनीतिमा आफू भन्दा जुनियर प्रत्यासी सुरेन्द्रमान विजुक्छे र गंगाधर पराजुलीले भन्दा कम मत पाएका थिए । उनी वडा अध्यक्ष लड्ने बेलामा नेपाली कांग्रेस कास्कीकाे सचिव थिए । वडाध्यक्ष निर्बाचित भएकाे केही समयपछि कास्की कांग्रेसका सभापति कृष्ण केसीले उनलाई सचिवकाे जिम्मेवारीबाट हटाएका थिए ।

Advertisement

पाेखरा महानगर समितिकाे सभापतिमा पनि पार्टी नेतृत्वले आफूलाई नस्वीकारेपछि लामिछानेले महानगरमा दलकाे नेताकाे जिम्मेबारीबाट राजीनामा गरेकाे श्राेतले बताएकाे छ । तर सहकर्मी वडाध्यक्षहरुकाे आग्रह अनुसार उनी पुन जिम्मेबारीमा फर्कन तयार भएका छन् ।

नेपाली कांग्रेस कास्कीका सभापतिलाई सम्बाेधन गरेर दिएकाे राजीनामामा पाेखरा महानगर पालिकालाई बाेधार्थ दिइएकाे थियाे । उनकाे राजीनामा स्वीकृत भएकाे थिएन ।

Advertisement

तपाईको प्रतिक्रिया