लामिछानेले फिर्ता लिए राजीनामा
अधिवेशनमा पराजित भएपछि लामिछानेले पाेखरा महानगरकाे कांग्रेस दलकाे नेताबाट राजीनामा दिएका थिए

पोखरा । पोखरा महानगरपालिकाकाे नेपाली कांग्रेस दलका नेता तथा सचेतकबाट राजीनामा गरेका वडाध्यक्ष रामराज लामिछाने आफ्नाे निर्णयबाट पछि हटेका छन् ।
बुधबार महानगरका कांग्रेस वडाध्यक्षकाे बैठकमा सबै जनाले लामिछानेलाई राजीनामा फिर्ता गरेर पूर्ववर्ती जिम्मेवारीमा फर्कन गरेकाे आग्रह उनले स्वीकारेका हुन् । वडाध्यक्षहरुकाे बैठकपछि दलका उपनेता तथा वडा नम्बर ४ का अध्यक्ष शंकर बाँस्ताेलाले विज्ञप्ति जारी गरेर उनी नियमित काममा फर्केकाे पुष्टि गरेका छन् ।
कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत पाेखरा महानगर समितिकाे सभापतिमा निर्बाचन लडेका लामिछाने पराजित भएका थिए ।वडा नम्बर ९ का वडाध्यक्ष लामिछानेले राजनीतिमा आफू भन्दा जुनियर प्रत्यासी सुरेन्द्रमान विजुक्छे र गंगाधर पराजुलीले भन्दा कम मत पाएका थिए । उनी वडा अध्यक्ष लड्ने बेलामा नेपाली कांग्रेस कास्कीकाे सचिव थिए । वडाध्यक्ष निर्बाचित भएकाे केही समयपछि कास्की कांग्रेसका सभापति कृष्ण केसीले उनलाई सचिवकाे जिम्मेवारीबाट हटाएका थिए ।
पाेखरा महानगर समितिकाे सभापतिमा पनि पार्टी नेतृत्वले आफूलाई नस्वीकारेपछि लामिछानेले महानगरमा दलकाे नेताकाे जिम्मेबारीबाट राजीनामा गरेकाे श्राेतले बताएकाे छ । तर सहकर्मी वडाध्यक्षहरुकाे आग्रह अनुसार उनी पुन जिम्मेबारीमा फर्कन तयार भएका छन् ।
नेपाली कांग्रेस कास्कीका सभापतिलाई सम्बाेधन गरेर दिएकाे राजीनामामा पाेखरा महानगर पालिकालाई बाेधार्थ दिइएकाे थियाे । उनकाे राजीनामा स्वीकृत भएकाे थिएन ।








माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया