सर्बदलीय बैंठक सम्पन्न
एउटै निर्णय–संसद चलाउन एमालेसँग सहयाेग माग्ने

पाेखरा । संसदमा अवराेध खाेल्न आग्रह गर्दै सर्बलीय बैठक सम्पन्न भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै बहिस्कार गरेपछि औपचारिकता पुरा गर्न मात्र बसेकाे सर्बलीय बैठकले संसद सुचारु गर्न एमालेलाई आग्रह गर्नु बाहेक अन्य कुनै निर्णय गरेन ।
प्रधानमन्त्री देउवाले बाेलाएकाे बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेकाे थियाे । जाेसँग छलफल गर्न भनेर बैठक बाेलाइएकाे थियाे, साेही दल अनुपस्थित रहेपछि बैठक यत्तिकै सकियाे ।
सरकार र सभामुखकाे भूमिका प्रति गम्भीर असहमति जनाउदै आएकाे एमालेले यसअघि सभामुखले बाेलाएकाे सर्बदलीय बैठक पनि बहिस्कार गरेकाे थियाे ।
बैठकपछि प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद सुचारु गर्न एमालेसँग सहयाेग माग्ने निर्णय गर्दै सर्बदलीय बैठक सकिएकाे जानकारी दिए ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया