सर्बदलीय बैंठक सम्पन्न

एउटै निर्णय–संसद चलाउन एमालेसँग सहयाेग माग्ने

समाधान संवाददाता २०७८ असोज १४ गते १२:२१

पाेखरा । संसदमा अवराेध खाेल्न आग्रह गर्दै सर्बलीय बैठक सम्पन्न भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै बहिस्कार गरेपछि औपचारिकता पुरा गर्न मात्र बसेकाे सर्बलीय बैठकले संसद सुचारु गर्न एमालेलाई आग्रह गर्नु बाहेक अन्य कुनै निर्णय गरेन ।

प्रधानमन्त्री देउवाले बाेलाएकाे बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेकाे थियाे । जाेसँग छलफल गर्न भनेर बैठक बाेलाइएकाे थियाे, साेही दल अनुपस्थित रहेपछि बैठक यत्तिकै सकियाे ।

सरकार र सभामुखकाे भूमिका प्रति गम्भीर असहमति जनाउदै आएकाे एमालेले यसअघि सभामुखले बाेलाएकाे सर्बदलीय बैठक पनि बहिस्कार गरेकाे थियाे ।

Advertisement

बैठकपछि प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद सुचारु गर्न एमालेसँग सहयाेग माग्ने निर्णय गर्दै सर्बदलीय बैठक सकिएकाे जानकारी दिए ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।

Advertisement

त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

तपाईको प्रतिक्रिया