ओलीसँग सम्वाद गर्ने जिम्मा देउवालाई
सर्बदलीय बैठकमा अनाैपचारिक सहमति

काठमाडाैं ।
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन् । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे एमाले बाहेककाे सर्बदलीय बैठकले अनाैपचारिक रुपमा एमाले अध्यक्ष ओलीसँग वार्ता गर्ने जिम्मा देउवालाई दिएकाे हाे ।
लगातार सदन अवरुद्ध गर्दै आएकाे एमालेसँग सम्वाद गर्न प्रधानमन्त्री आज सर्बलदीय बैठक बाेलाएका थिए । सभामुखले भेदभाव गरेर एमाले पार्टी फुटाउन सहयाेगी भूमिका खेलेकाे आराेप लगाउदै आएकाे एमालेले यसअघि सभामुखले बाेलाएकाे सर्वदलीय बैठक पनि बहिस्कार गरेकाे थियाे । त्यसैल आज प्रधानमन्त्री आफैले बैठक आयाेजना गरेका थिए । तर त्याे बैठकमा आफूहरुले माधवकुमार नेपालकाे नेकपा एसलाई दल नमान्ने भन्दै एमाले सहभागी भएकाे थिएन ।
एमालेलाई नै फकाउन र उसैसँग सम्वाद गर्न राखिएकाे बैठक उसैले बहिस्कार गरेपछि आजकाे बैठकले अनाैपचारिक रुपमा निकास निकाल्ने जिम्मा देउवालाई दिएकाे बताइएकाे छ । यसअघि देउवाले सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएर ओलीलाई फकाउने प्रयास गरेका थिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया