ओलीसँग सम्वाद गर्ने जिम्मा देउवालाई

सर्बदलीय बैठकमा अनाैपचारिक सहमति

समाधान संवाददाता २०७८ असोज १४ गते १४:१५

काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन् । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे एमाले बाहेककाे सर्बदलीय बैठकले अनाैपचारिक रुपमा एमाले अध्यक्ष ओलीसँग वार्ता गर्ने जिम्मा देउवालाई दिएकाे हाे ।

लगातार सदन अवरुद्ध गर्दै आएकाे एमालेसँग सम्वाद गर्न प्रधानमन्त्री आज सर्बलदीय बैठक बाेलाएका थिए । सभामुखले भेदभाव गरेर एमाले पार्टी फुटाउन सहयाेगी भूमिका खेलेकाे आराेप लगाउदै आएकाे एमालेले यसअघि सभामुखले बाेलाएकाे सर्वदलीय बैठक पनि बहिस्कार गरेकाे थियाे । त्यसैल आज प्रधानमन्त्री आफैले बैठक आयाेजना गरेका थिए । तर त्याे बैठकमा आफूहरुले माधवकुमार नेपालकाे नेकपा एसलाई दल नमान्ने भन्दै एमाले सहभागी भएकाे थिएन ।

Advertisement

एमालेलाई नै फकाउन र उसैसँग सम्वाद गर्न राखिएकाे बैठक उसैले बहिस्कार गरेपछि आजकाे बैठकले अनाैपचारिक रुपमा निकास निकाल्ने जिम्मा देउवालाई दिएकाे बताइएकाे छ । यसअघि देउवाले सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएर ओलीलाई फकाउने प्रयास गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया