शिंगो संगठनको ५९ औं स्थापना दिवस

प्रकाश छन्त्याल
पोखरा ।
५/३ गोर्खा राइफल (शिंगो) भूपू सैनिक संगठन पोखरा कास्कीले आफ्नो पल्टनको ५९ औं स्थापना दिवस समारोह विभिन्न कार्यक्रम गरी शुक्रबार मनाएको छ ।

कान्तिपुर पार्टी प्यालेस पोखरामा कर्नल डि.बी.गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको कर्नल गुरुङले दीप प्रज्वलन तथा केक काटी उट्घाटन गरेका थिए । पल्टनको स्थापना भएको दिन भएकाले भूपू संगठनको आयोजनामा गण्डकी प्रदेशका ५/३ गोर्खा राइफल (शिंगो) भूपू सैनिकहरु उपस्थित भई विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेका छन् ।
कार्यक्रममा पल्टनको स्थापनादेखि अहिलेसम्मको संक्षिप्त इतिहास वाचन गरेर सुबेदार मेजर तथा हनेरी क्याप्टेन राजेन्द्रबहादुर थापाले सुनाएका थिए । सुबेदार मेजर तथा हनेरी गुन्जबहादुर गुरुङले पल्टनको स्थापनाबारे मन्तव्य राखेका थिए । कार्यक्रममा मेजर जि.बी.गुरुङले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा स्थापना दिनमा सहभागी भूपूहरुलाई प्रमुख अतिथि कर्नल गुरुङले खादा लगाई सम्मान गरेका थिए । संगठनलाई सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनोले सम्मान गरेका थिए । संगठनमा नयाँ सदस्यमा प्रवेश गरेका, विभिन्न सामाजिक क्षेत्रमा जिम्मेवारी पदमा आवद्ध भएकाहरुलाई पनि सम्मान गरिएको थियो ।

भूपू सैनिक तथा सैनिकका परिवारहरु गरी करिब २ सय ५० जनाको उपस्थिति रहेको स्थापना दिवस कार्यक्रममा विभिन्न मनोरञ्जन तथा सांगीतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो । कार्यक्रम संगठनका अध्यक्ष हनेरी क्याप्टेन टंकबहादुर घलेको अध्यक्षता, संगठनका उपाध्यक्ष सिएचएम खेमबहादुर गुरुङको स्वागत र संगठनका सचिव अनरी क्याप्टेन बुद्धिबहादुर थापा र सहसचिव सिएचएम जीवनकुमार गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा छिमेकी लुम्बिनी प्रदेशका भूपूहरुलाई पनि सम्मान गरिएको थियो । संगठनले आगामी १७ डिसेम्बरमा शिंगो डे मनाउने छ ।









माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया