शिंगो संगठनको ५९ औं स्थापना दिवस

समाधान संवाददाता २०७८ असोज १५ गते २०:३२


प्रकाश छन्त्याल

पोखरा


५/३ गोर्खा राइफल (शिंगो) भूपू सैनिक संगठन पोखरा कास्कीले आफ्नो पल्टनको ५९ औं स्थापना दिवस समारोह विभिन्न कार्यक्रम गरी शुक्रबार मनाएको छ ।

Advertisement


कान्तिपुर पार्टी प्यालेस पोखरामा कर्नल डि.बी.गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको कर्नल गुरुङले दीप प्रज्वलन तथा केक काटी उट्घाटन गरेका थिए । पल्टनको स्थापना भएको दिन भएकाले भूपू संगठनको आयोजनामा गण्डकी प्रदेशका ५/३ गोर्खा राइफल (शिंगो) भूपू सैनिकहरु उपस्थित भई विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेका छन् ।


कार्यक्रममा पल्टनको स्थापनादेखि अहिलेसम्मको संक्षिप्त इतिहास वाचन गरेर सुबेदार मेजर तथा हनेरी क्याप्टेन राजेन्द्रबहादुर थापाले सुनाएका थिए । सुबेदार मेजर तथा हनेरी गुन्जबहादुर गुरुङले पल्टनको स्थापनाबारे मन्तव्य राखेका थिए । कार्यक्रममा मेजर जि.बी.गुरुङले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा स्थापना दिनमा सहभागी भूपूहरुलाई प्रमुख अतिथि कर्नल गुरुङले खादा लगाई सम्मान गरेका थिए । संगठनलाई सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनोले सम्मान गरेका थिए । संगठनमा नयाँ सदस्यमा प्रवेश गरेका, विभिन्न सामाजिक क्षेत्रमा जिम्मेवारी पदमा आवद्ध भएकाहरुलाई पनि सम्मान गरिएको थियो ।

Advertisement


भूपू सैनिक तथा सैनिकका परिवारहरु गरी करिब २ सय ५० जनाको उपस्थिति रहेको स्थापना दिवस कार्यक्रममा विभिन्न मनोरञ्जन तथा सांगीतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो । कार्यक्रम संगठनका अध्यक्ष हनेरी क्याप्टेन टंकबहादुर घलेको अध्यक्षता, संगठनका उपाध्यक्ष सिएचएम खेमबहादुर गुरुङको स्वागत र संगठनका सचिव अनरी क्याप्टेन बुद्धिबहादुर थापा र सहसचिव सिएचएम जीवनकुमार गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा छिमेकी लुम्बिनी प्रदेशका भूपूहरुलाई पनि सम्मान गरिएको थियो । संगठनले आगामी १७ डिसेम्बरमा शिंगो डे मनाउने छ ।

तपाईको प्रतिक्रिया