शंकर गुरुङ मनाङ कांग्रेस सभापति

समाधान संवाददाता २०७८ असोज १६ गते १५:२१

पोखरा । कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ निर्वाचित भएका छन् । १४ औं महाधिवेशनअन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनमा गुरूङ सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

मनाङमा वडा अधिवेशन अगावै सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्ने टुंगो लागिसकेको छ ।

गुरुङ सभापति शेरबहादुर देउवा निकट छन् । उनी कांग्रेस विभाजित हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको पनि जिल्ला सभापति भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया