हाम्रो सामुदायिकको सभा

समाधान संवाददाता २०७८ असोज १६ गते २०:३२

पोखरा ।
हाम्रो सामुदायिक बचत तथ ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको आफ्नै सभाहल डिहिकोपाटन ६ बैदाममा शनिबार सभा भएको थियो ।


संस्थाका सल्लाकार मेहरमान श्रेष्ठको प्रमुख आतिथ्यिमा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी सहकारीका लागि उत्तरोत्तर प्रगतिको कामना गरे । सहकारीका अध्यक्ष लक्ष्मीनारयण श्रेष्ठले वार्षिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रम संस्थाका सचिव भरतबहादुर पौडेले सञ्चालन गरेका थिए ।


सहकारीमा ९ सय २० हजार सेयर सदस्य छन् । सहकारीले गएको आर्थिक वर्षमा २२ करोड ५० लाख बचत संकलन गरेको छ । २३ करोड कर्जा लगानी गरेको छ । सहकारीमा ८ करोड ६४ लाख सेयर पुँजी रहेको सहकारीका म्यानेजर डम्मरुराज बराले बताए ।
बरालका अनुसार सहकारीले कृषि क्षेत्रमा लगानी गर्न पुँजी छुट्याएको छ । उत्पादनशील कार्यमा लगानी गर्ने बढावा दिने गरेको बरालले सुनाए । सेयर सदस्यका परिवारमा शिशु जन्मिए १ हजार रुपैयाँ जम्मा गरिदिने उनले बताए । सेयर सदस्यको मृत्यु हुँदा भेटी स्वरुप १० हजार सहकारीले उपलब्ध गराउँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया