प्रचण्डले सुनाए निर्णय

अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह

समाधान संवाददाता २०७८ असोज १७ गते १०:४६

काठमाडाैं ।

माओवादी केन्द्रकाे भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीकाे अध्यक्ष पञ्चा सिंहलाई चयन गरेकाे घाेषणा गरेका छन् ।

अखिल क्रान्तिकारीकाे राजधानीमा सम्पन्न राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेर पार्टी अध्यक्ष प्रचण्डलाई चयन गर्ने अधिकार दिएकाे थियाे । साेही अधिकारकाे प्रयाेेग गरी अध्यक्षले निर्णय सुनाएका हुन् ।

Advertisement

अध्यक्षका आकांक्षी सुरेन्द्र बस्नेत पनि थिए । बस्नेतलाई पछि पार्दै पञ्चाले अखिल क्रान्तिकारीकाे पहिलाे महिला अध्यक्ष बन्ने इतिहास बनाएकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया