एक अन्तर्राष्ट्रिय क्रान्तिकारी चे

झपट रानाभाट २०७८ असोज २३ गते १४:१७

चेग्वेभारा को हुन् ?

Advertisement

गुरिल्ला योद्धा चे ग्वेभाराको जन्म ई।सं। १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भयो । उनी मध्यम बर्गका शिक्षित परिवारमा जन्मे ,उनका बाबु अर्जेन्टिनाका निरङ्कुश शाषक पेरोका विरोधी थिए । उनी भूमिगत लडाइँ लड्ने सङ्गठनसँग आबद्ध थिए । आमा पेरो विरोधी प्रदर्शनमा भाग लिँदा दुईपटक गिरफ्तारीमा परेकी थिइन् । चे ग्वेभारा चिकित्सक (डाक्टर ,गुरिल्ला नेता,कूटनीतिक ब्यक्तित्व,सिद्दान्तकार,मार्क्सबादी क्रान्तिकारी लेखक सबै थिए।


चे सानै देखि चिकित्सक बन्ने आकांक्षा बोकेर हिडेका थिए । उनी अध्ययनका क्रममा चिकित्सक बने पनि । तर, मानवीय संवेदनाका धनी चे ले गरीब जनताको शोक, भोक र सन्तापबाट मर्माहत भई स्टेथेस्कोप फालेर बन्दुक समाते ।

Advertisement


उनले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप देखे । त्यस बेला अमेरिकामा चिकित्सक अमेरिका समर्थित तानाशाहहरुको जगजगी थियो । त्यहाँ निर्धन जनता र मजदुर माथि अमेरिका तथा विदेशी कम्पनीद्धारा भइरहेको शोषण दमनलाई उनले नजिकैबाट नियाले । त्यसैले उनले बन्दुक समातेर अमेरिकी साम्राज्यबादका विरुद्धको क्रान्तिमा होमिए ।


उनले फिडेल क्यास्ट्रोसँग मिली बाटिस्टा शोषणका विरुद्धमा मोर्चा कसे र क्युवालाई मुक्त गरेरै छाडे । स्वयम् दमका रोगी चे कुशल चिकित्सकका साथै कुशल लडाकु पनि थिए । युद्धका क्रममा उनी घाइतेको उपचार गर्थे, भारी बोक्थे,बन्दुक बोकेर लड्थे । उनी कमान्डर थिए । चे भन्थे, “क्रान्तिकारी राजनेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बरहीन भएर बाँच । समाजवादमा पुँजीवादी वातावरण सिर्जना गर्ने प्रयास नगर ।” क्युवाको मुक्ति पछि उनी क्युबाको नेशनल ब्याङ्कको गभर्नर बने, भूमिसुधार मन्त्री भए, अनेकौं देश डुले तर सम्पत्तिका नाममा एक सरो धागो पनि जोडेनन् । उही खाकी ड्रेसमै सधैं उनी रमाए । उनी कठिन परिश्रम गर्थे, मजदुर र किसानहरुलाई प्रशिक्षित पार्थे । उनले क्युबामा क्रान्ति हुनुपूर्व नै फिडेल क्यास्ट्रोसँग शर्त राखे, “क्युबामा क्रान्ति सम्पन्न भएपछि कुनै पनि बहानामा मलाई यहाँ रोकिनैछैन । मैले भन्नासाथ मलाई दक्षिण अमेरिकामा क्रान्ति सम्पन्न गर्नका लागि जान दिनुपर्छ ।ू उनलाई कुनै कुनै पनि किसिमको मानसम्मान र ओहोदाले रोक्न सकेन र शर्तबमोजिम उनी बोलिभिया गए ।


२७ जनाको डफ्फासहित बोलिभियाको जङ्गलमा गुरिल्लायुद्ध लड्न पुगेका चे अन्तमा एकजना विश्वासघाती किसानका कारण शत्रुको घेरामा परे । अमेरिकी सि।आइ।ए। एजेन्टमार्फत तालिमप्राप्त रेन्जरका आधा दर्जनभन्दा बढी गोलीबाट उनको हत्या भयो । सि।आइ।ए। र निरङ्कुश शासकहरुले उनका विरुद्धमा कानूनी कारबाही चलाउने आँट गर्न सकेनन् । पछि अमेरिका स्वयंले स्विकार्‍यो, चेमाथि कारबाही चलाउने आँट गर्न सकेनन् । पछि अमेरिका स्वयंले स्विकार्‍यो, “चेमाथि मुद्दा चलाउनुको अर्थ भूकम्प निम्त्याउनु थियो ।” त्यस्तो क्रान्तिकारीलाई अदालतको कठघरामा उभ्याउनु असम्भव थियो ।”
चे एक अन्तर्राष्ट्रियवादी क्रान्तिकारी योद्धा थिए । सरलता, निरन्तरता, दृढता र उच्च मनोबल उनको परिचय बन्न पुग्यो । उनका लागि भूगोल एउटै थियो, कुनै देशका सिमानाको अर्थ थिएन ।
अर्जेन्टिनाको भूमिमा नयन खोल्दै, त्यहींको माटोमा शिक्षाको घाम तापी ग्वाटेमालाबाट क्रान्तिको कखरा सिकी मेक्सिकोबाट क्युबामा गई क्रान्ति सम्पन्न गर्ने महान् अन्तर्राष्ट्रियवादी चेले कङ्गोमा क्रान्तिको बीज छरेर बोलिभियाको क्रान्तिमा आजैका दिन इ।स। ९ अक्टोवर १९६७ मा सहादत प्राप्त गरे।
अन्तर्राष्ट्रिय क्रान्तिकारी योद्धा चे प्रति उच्च सम्मानपूर्वक ५४ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जली र जनताको मुक्तिकामी आन्दोलनमा निशर्त निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु।

झपट रानाभाट

रानाभाट नेकपा एमाले कास्कीका युवा नेता हुन् । 

तपाईको प्रतिक्रिया