यी हुन् नेकपा एसको गण्डकीका पदाधिकारी

समाधान संवाददाता २०७८ कार्तिक ६ गते १२:२६


काठमाडौं ।


नेकपा एकीकृत समाजवादी नेकपा (एस) ले सातै प्रदेश कमिटी र प्रवास गरी पदाधिकारी मनोनयन टुंग्याएको छ । गण्डकी प्रदेश कमिटी अध्यक्षमा तुलबहादुर गुरुङ, उपाध्यक्ष रामजीप्रसाद शर्मा र सचिवमा प्रतापलाल श्रेष्ठलाई जिम्मा दिएको छ । गण्डकी इन्चार्जमा चूडामणि जंगली छन् ।


नेकपा एसले प्रदेश १ अध्यक्षमा उदयपुरका पूर्वसांसद सुरेश कार्कीलाई मनोनित गरेको छ भने उपाध्यक्षमा खोटाङका प्रदेशसभा सदस्य राजन राईलाई मनोनित गर्ने निर्णय गरेको हो । त्यस्तै सचिवमा मोरङका महेश रेग्मी छन् । प्रदेश १ इन्चार्ज भने पार्टी उपाध्यक्षसमेत रहेका घनेन्द्र बस्नेतलाई बनाइएको छ ।

Advertisement


प्रदेश २ अध्यक्षमा सिरहाका पूर्वसांसद रामचन्द्र यादव भएका छन् । सचिव सर्लाहीका लक्ष्मण पौडेल भएका छन् । प्रदेश इन्चार्जमा सिरहामै धर्मनाथप्रसाद साह भएका छन् । यिनी पनि नेकपा (एस) का उपाध्यक्ष हुन् ।


बागमती प्रदेश कमिटी अध्यक्षमा सावित्रा भुसाल र सचिवमा काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल चयन भएका छन् । त्यसैगरी इन्चार्जमा केदार न्यौपाने छ । यसैगरी लुम्बिनी अध्यक्ष मेटमणि भएका छन् । सचिव रुपन्देहीका राजु गुरुङलाई बनाइएको छ भने प्रदेश इन्चार्ज भागवत विश्वासी भएका छन् । त्यसैगरी सहइन्जार्ज सोमप्रसाद पाण्डे र दलबहादुर सुनारलाई बनाइएको छ ।

Advertisement


कर्णाली प्रदेश कमिटीको अध्यक्ष भने तोक्न बाँकी रहेको पार्टीले बताएको छ । कर्णाली सचिवमा राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी र इन्चार्जमा उपमहासचिव प्रकाश ज्वाला छन् ।


सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा विक्रम शाही, उपाध्यक्ष हर्कबहादुर सिंह,शेरबहादुर कुँवर र सचिवमा दिनेशन्द्र सुवेदी छन् । इन्चार्ज गरिमा शाहलाई तोकिएको छ । पार्टीको प्रवास प्रदेशको इन्चार्ज स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई बनाइएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको नाम पठाइएको हो ।

तपाईको प्रतिक्रिया