दुई दिनमै बन्द भयाे लाइसेन्सको आवेदन

समाधान संवाददाता २०७८ कार्तिक ११ गते १७:२१

पाेखरा ।

यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र ड्राइभिङ लाइसेन्सको आवेदन प्रणाली बन्द भएको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो ।

नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् । विभाग स्रोतले भने प्राविधिक कारणले देखाउँदै प्रणाली बन्द गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया