प्रधानन्यायाधिशलाई बारकाे ५ दिने अल्टिमेटम

समाधान संवाददाता २०७८ कार्तिक १२ गते १७:०८

पाेखरा ।

नेपाल बार एशाेसियशनले प्रधानन्यायाधिश चाेलेन्द्र समशेर जबरालाई ५ दिने अल्टिमेटम दिएकाे छ । प्रधानन्यायाधिशले राजीनामा दिनु पर्ने निर्णय गरेकाे बारले अब ५ दिनकाे समय दिएकाे हाे ।

याे पाँच दिनमा पनि उसले विभिन्न विराेधका कार्यक्रम गर्ने भएकाे छ । आगामी बुधबारसम्म राजीनामा दिन भनेकाे बारले आइतबारदेखि नै सर्बाेच्चमा कालाे पट्टी बाँधेर विराेध गर्ने निर्णय गरेकाे छ ।

Advertisement

बार र प्रधानन्यायाधिशबीच यति ठुलाे दुश्मनी नेपालमा भएकाे याे पहिलाे पटक हाे । प्रधानन्यायाधिशले सडकबाट माग्दैमा राजीनामा नदिने बताइसकेका छन् । सर्बाेच्चका अन्य न्यायाधिशहरु पनि प्रधानन्यायाधिशकाे विपक्षमा छन् । उनीहरुले पनि राजीनामा गर्न सुझाव दिएका छन् । यस्ताे अवस्थामा सर्बाेच्चकाे लडाइ पेंचिलाे बनेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया