बिएड पढ्न ५ लाख ऋण

समाधान संवाददाता २०७८ कार्तिक १३ गते १२:२५

पोखरा ।
पोखरा विश्वविद्यालयमा मानविकी तथा समाजशास्त्र संकायमा बिएड पढ्ने विद्याथीले ५ लाखसम्म ऋण पाउने भएका छन् । शुक्रबार पोखरा विश्वविद्याल र नबिल बैंकबीच यस्तो समझादारीपत्रमा हस्ताक्षर भएको छ ।


विश्वविद्यालयमा प्राविधिक र व्यावसायिक शिक्षा पढ्ने विद्यार्थीलाई नबिलले कर्जा दिने भएको हो । यी दुबैको कर्जा अवधि ५ वर्ष हुनेछ । शिक्षित युवा स्वरोजगार कर्जामा बैंकले ५ वर्षको अवधिमा चुक्ता गर्ने गरी ७ लाखसम्म दिने भएको छ ।


उद्यमशीलता विकास कार्यक्रमको ४ वर्षे स्नातक तहमा अध्ययन गर्न तथा अध्ययनपश्चात उद्यम÷व्यवसाय सञ्चालन गर्न विश्वविद्यालय र नबिलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शुक्रबार भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल तथा रजिस्ट्रार डा. दीपकबहादुर भण्डारी उपस्थित थिए ।

Advertisement


विश्वविद्यालयका मानविकी तथा समाजिक शास्त्र संकायका डीन सहप्रा डा अजय थापा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले किसान कर्जामा व्यक्तिगत व्यवसायका लागि १५ लाखसम्म, फर्मका लागि २५ लाखसम्म र सामूहिकमा ५ लाखसम्म ऋण दिने शाहले बताए । उनले भने, ‘५ वर्षसम्मको किसान कर्जामा १ वर्षभन्दा कम नगद प्रवाह चक्र भएको व्यवसायका लागि छोटो अवधि कर्जा र सोभन्दा माथिको आवधिक कर्जा हुनेछ ।’


विश्वविद्यालयमा अध्ययनरत तथा उत्तीर्ण विद्यार्थीलाई वित्तीय साक्षरता÷उत्पादन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न प्लेटफर्म उपलब्ध गराउने तथा त्यस्ता विद्यार्थीको डाडरक्टरी, डेटाबेस उपलब्ध गराएर वित्तमा पहुँच पु¥याउन सघाउने जनाएको छ ।

Advertisement


पोखरा विश्वविद्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपालमै पहिलो पटक उद्यमशीलता पठनपाठन भएको छ । मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङमा २०२१ देखि ब्यचलर अफ इन्ट्रप्रिनरसिप डिभलपमेन्ट कार्यक्रम सञ्चालनमा आएको छ ।

तपाईको प्रतिक्रिया