राप्रपा गण्डकी अधिवेशन २८ गते

समाधान संवाददाता २०७८ कार्तिक १४ गते ११:४२

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशन कात्तिक २८ गते पोखरामा हुने भएको छ । शुक्रबार बसेको प्रदेशको विशेष बैठकले यो निर्णय गरेको छ । बैठकमा ११ जिल्लाका अध्यक्ष र केन्द्रीय सदस्यहरु सहभागी थिए ।


बैठकले विभिन्न उपसमिति समिति गठन तथा संयोजक तथा सदस्यसमेत चयन गरेको छ । निर्वाचन परिचालन उपसमिति संयोजकमा केन्द्रीय सदस्य बरुणबिक्रम राणा, सदस्य सचिव तीर्थराज सुवेदी, सदस्यमा पर्वतमाला केसी, भोलाजंग सुवेदी, हरिप्रसाद बराल छन् । जनपरिचालन उपसमिति संयोजक जयलाल पुन, सहसंयोजक कुलबहादुर गुरुङ ‘कुलु’, प्रचारप्रसार उपसमिति संयोजक सूर्य बास्तोला, सदस्य सचिव हरिप्रसाद बराल, सदस्य गणेश ढकाल, विष्णु कार्की, सुवर्णराज पन्त, प्रकाश सापकोटा, बद्रीराज गौतम, सुरेश सिल्पकार र राजु पौडेल छन् । आर्थिक उपसमितिमा संयोजक पञ्चराम गुरुङ, सदस्यमा जयलाल पुन, शिवप्रसाद चालिसे, शिवकुमार बास्तोला, नारायण गरुङ, कृपा पौडेल र शिव पौडेल छन् ।

Advertisement


भोजन व्यवस्थापन उपसमिति संयोजक नारायण गुरुङ, सदस्यमा सीता खड्का, डा. महेन्द्रबहादुर कार्की, भोलाजंग सुवेदी, गंगाबहादुर थापा, स्वागत तथा मञ्च व्यवस्थापन उपसमितिमा संयोजक कृपा पौडेल, सदस्यमा चन्द्रदेवी पन्त, ईश्वरी चापागाइँ, कृष्णकुमारी सुवेदी, ननश्री गुरुङ छन् । यस्तै? स्वयंसेवक उपसमिति संयोजक विजय भण्डारी, सदस्यमा मनिष केसी, मीनबहादुर थापा, सतिश गुरुङ, सन्तोष गुरुङ र सपनम भुजेल छन् ।


प्रदेश अध्यक्ष हेमजंग गुरुङको अध्यक्षतामा बैठक बसेको हो । राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया