स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

समाधान संवाददाता २०७८ कार्तिक २९ गते १५:४४

स्याङ्जा ।

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती आँधिखोला गाउँपालिका–५ स्थित एकरायमा ग.१ त ६४४० नम्बरको ट्याक्टर सडकको नालामा पल्टिएको थियो ।

दुर्घटनामा परेर तनहुँ घर भएका ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए । ट्याक्टरको बायाँ तर्फको टायरले च्यापेर चालक गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरका सहचालक तनहुँ घर भएका रेशम गुरुङ घाइते छन् । उनको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया