पाेखरा ३२ राजाको चाैतारामा ४०० वर्षअघि भएको त्यो शान्ति सम्झौता

सञ्जय रानाभाट २०७८ मंसिर १५ गते १४:३८

सञ्जय रानाभाट

पोखरा ।
मालमुल फाँटमा छ राजाको चौतारा। पोखरा ३२ मा पर्ने यो चौतारालाई २०६२÷६३ को जनआन्दोलनपछि जनताको चौतारा नामकरण पनि गरियो । जनताको मुखमा झुन्डिएको राजाको चौताराको नाम व्यवहारमा कहाँ फेरिनु ! यसै पनि इतिहारविदका अनुसार त्यति बेलाका निरंकुश राजा ज्ञानेन्द्र वा उनका दाजु वीरेन्द्र र पिता महेन्द्रसँग होइन ४०० वर्षअघिका राजाहरुसँग साइनो भएको चौतारा हो यो ।


त्यही ४०० वर्ष पुरानो इतिहास सम्झाराख्न राजाको चौताराको पुनर्निर्माण गरिएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार पुनर्निर्मित चौताराको उद्घाटन गरे । सेनाले मुलुकका धेरै ऐतिहासिक सम्पदाको पुनर्निर्माण अभियानै थालेको छ । त्यसैक्रममा राजाको चौतारा पनि परेको हो ।

Advertisement


इतिहासका जानकार प्राडा जगमान गुरुङका अनुसार राजाको चौताराको इतिहास बुझ्न ४ सय वर्षअघि पुग्नुपर्छ । उनकै भनाइमा बाइसे चौबिसे राज्यका पालामाकास्की र लमजुङको घमासान युद्धका चलेको थियो । त्यो बेलालमजुङे राजाले पोखराको विजयपुरसम्मै कब्जा जमाउन आएका थिए । कास्कीका राजाले पनि मादी नदीसम्म आफ्नो राज्य फैलाउन युद्ध छेडेका थिए ।


त्यो युद्ध अन्त्य गर्न मालमुल फाँटको चौतारामा कास्की तनहुँ, रिसिङ, घिरिङ,पर्वत, भीरकोट, गह्रौं, ढोर तीन खान राज्य नुवाकोट सतौं, लमजुङ र गोरखा लगायतराज्यका १२ राजा भेला भएको प्राडा गुरुङ बताउँछन् । ‘पछि १२ वटा राज्य सरकार कास्कीको मालमूलमा भेटेर आसपासमा लडाइँ भिडाइँ नगर्ने आ–आफ्नो साँध सिमानामा मिलेर बस्ने, आपासमा बिहेबारी गर्ने, आ–आफ्नो क्षेत्रमा शान्ति र सह–अस्तित्व कायम गरी विकास निर्माणमा लाग्ने सम्झौता गरेका थिए,’ गुरुङ भन्छन्, ‘त्यसपछि नै यो राजाको चौताराका नामले कहलिएको हो ।’

Advertisement


राजाको चौतारोले सहिष्णुता, सहअस्तित्व, सदभाव एवम् समन्वय र शान्तिको सन्देश दिने प्राडा गुरुङ बताउँछन् ।१२ राजाको त्यही ऐतिहासिक सम्झौताबाट आधुनिक राज्यहरुले पनि पाठ सिकेको पुनर्निर्मित राजाको चौताराको शिलालेखमा उल्लेख छ । ‘अतः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन र संयुक्त राष्ट्र संघ जस्ता संघजस्ता संघसंस्थाहरुको स्थापनाको भावनाको विकास नेपालबाट भएको देखिन्छ,’ शिलालेखमा भनिएको छ,‘कास्की मालमूलको ऐतिहासिक शान्ति सम्मेलनको सुखद उपलक्ष्यमा चिनिएको शान्तिको प्रतीक राजाको चौतारोले सहिष्णुता, सहअस्तित्व, सदभाव एवं समन्वय र शान्तिको सन्देश दिइराखेको छ ।’ तर पछि नेपालमा राजतन्त्र अन्त्यसँगै यो चौतारो ‘जनताको चौतारो’ ले परिचित भएको थियो ।तर, पछिल्लो समय भने स्थानीय, संस्कृतिविद नेपाली सेना मिलेर चौतारोलाई संरक्षण गरी पुनःराजाको चौतारोको रुपमा परिचित गराएका छन् ।


‘राजाको पालामा बनेको भन्दैमा नकारात्मक सोच राख्नुहुँदैन । यसको आसय पुनः नेपालमा राजतन्त्र स्थापना होइन । चौतारोले शान्ति, सम्झौता र सहअस्तित्वको प्रतीक दिएकाले यसको संरक्षण गर्नुपर्छ । राजाको चौताराभन्दा आपत्ति कसैले गर्नुहुँदैन्,’ मंगलबार चौतारो पुनः उद्घाटन कार्यक्रममा बोल्दै प्राडा गुरुङले भने ।


२०७८ वैशाखमाचौतारो संरक्षण गर्न ५ सदस्यीयसमिति गठन भएको थियो ।इन्द्रविलास पौडेल ‘सूर्य’को संयोजकत्वमा गठित समितिले निर्माण पूरा गरेपछि मंगलबार उद्घाटन भएको हो ।पुनःनिर्माण गरिएको चौतारो नेपाली सना मध्य कमाण्ड हेक्वाटर विजयपुर, नम्बर ३ बाहिनी अड्डा, खैरेनीटार, भगवतीदल गण फूलबारीको सहयोगमा निर्माण भएको हो । चौतारो निर्माण गर्न ४० लाख छुट्याइएपनि १÷२ लाख पुगेको थिएन । निर्माणपछि चौतारामा दुबो रोप्न नागरिक समाजका पूर्व संयोजक राम पौडेलले सहयोग गरेका छन् ।’


वैशाख १० गते प्रधान सेनापति पूर्णचन्द्र थापाबाट शिलान्यास गरेको उक्त चौतारो ८ महिनापछि प्रधान सेनापति शर्माले उद्घाटन गरेकाहुन् ।सेनापति शर्माले कालखण्डमा भएको कुराहरुलाई उजागर गर्न केहीमात्र सहयोग पु¥याउन पाएकोमा खुसी लागेको बताए । ‘नेपाली सेना तपाईंकै घरदैलोबाट आएको हो । कुनै विदेशबाट आएकोे हाइन । जागिर खान गएका नेपाली आमाका छोेराछोरी हुन्,’ उनले भने,‘इतिहासलाई सम्भार गर्न पाउँदा निकै हर्षित छु । यो सबै नेपालीको साझा सम्पति हो ।’


कुनै बेलाहुलाक जाँचकीहरुले यही चौतारामा बसेर चिठीपत्रका बतन जाँच्थे र हुलाकीहरुले चिठी साट्ने गरेको स्थानीय बताउँछन् ।पुनर्निर्मित चौतारोमा तलाऊ, शान्ति सम्झौता गरेका १२ राजाहरुको भल्को दिने सालिक, स्तम्भ, बटुवा बस्ने टहरो बगैँचा, पानीको घडा, पार्क र प्रतीक्षालय निर्माण भएको छ ।चौतारामा नयाँ समीको रुख रोपिएको छ । झन्डै एक रोपनी चौरारोले ओगटेको पोखरा महानगरपालिका ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया