नाडामा मतदान सकियो, खस्यो २७८८ मत

समाधान संवाददाता २०७८ मंसिर २३ गते १७:२६

काठमाडौं ।

नाडा अटो मोबाइल एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको मतदान सवा ४ बजे सकिएको हो। नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको छ। कुल ३१ सय मतमध्ये ३ सय १२ मत नखसेको निर्वाचन समितिले जनाएको छ।

नाडाको नेतृत्वका लागि फोर्स मोटर्सका ध्रुव थापा अध्यक्षका उम्मेदवार छन् । अध्यक्षमा सिजीका करण चौधरी थापाका प्रतिस्पर्धी हुन् । दुईवटा प्यानलमबाट ३६ जनाको उम्मेदवारी परेको थियो। ‘मतदान सकिएको छ। अब एकैछिनमा मतदान गणना सुरु हुन्छ’, समितिका एक सदस्यले भने, ‘म्यानुअल्ली मतदान भएकाले गणनाको लागि समय लाग्छ।’

Advertisement

तपाईको प्रतिक्रिया