पोखरामा रेनो कार्निभलको एक्सचेन्ज

समाधान संवाददाता २०७८ पुष ४ गते १८:०१

पोखरा ।
पोखरेलीहरुलाई लक्ष्य गरी पहिलोपटक रेनो कार्निभल पोखरामा सुरु भएको छ । उक्त गाडीको नेपालका लागि आधिकारिक वितरण एडभान्स अटो मोबाइल्स प्रालिले एक्सचेन्ज कार्निभल आइतबारदेखि पोखरामा सुरुआत गरेको हो ।


रिनल्ट गाडीको आधिकारिक बिक्रेता जोन्छे टे«डर्स प्रालिको पोखरा उत्तमचोकस्थित सोरुममा रेनो कार्निभल सुरु भएको छ । ४ गतेदेखि पुस ८ गतेसम्म कार्निभल रेनो चल्ने छ । पोखरामा रेनोका क्विड तथा ट्राइबर मोडलसँग एक्सचेञ्ज सुविधा उपलब्ध हुने जोन्छे टे«डर्स प्रालिका निर्देशक नुरज बाटाजुले बताए । ‘यो एक्सचेन्ज अन्तर्गत रेनो क्विड या ट्राइबर एक्सचेन्ज वा खरिदमा स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधा पनि छ,’ बाटाजुले भने ।


जोन्छे ट्रेडर्सकै अर्का निर्देशक अनिल मल्लका अनुसार ग्राहकले फ्री चेक अप र कार वास पनि गराउन सक्ने सुविधा यो एक्सचेन्ज अफरमा उपलब्ध गराइएको छ । ‘कार्निभलमा ग्राहकहरुले गिफ्ट ह्याम्परहरु पाउँछन्,’ उनले भने, ‘कार्निभलमा ग्राहकका लागि फुड स्टल र रिफ्रेसमेन्टको पनि व्यवस्था गरिएको छ ।’

Advertisement


६ वर्षदेखि सेवा दिँदै आएको रेनाले उक्त कार्निभलमा घरमा बसीबसी अनलाइनबाटै खरिद तथा एक्स्चेन्ज गर्न सकिने एडभान्स अटो मोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठले बताए । ‘रेनोले नेपाली ग्राहकहरुका लागि नेपालका विभिन्न सहरहरुमा यस्ता योजनाहरु आयोजना गर्दै आइरहेको छ । हामी हाम्रो ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं,’ उनले भने ।


ग्राहकहरुको चाहना अनुसार नयाँनयाँ योजना ल्याई गुणस्तरीय सेवासँगै रेनोल्ट गाडीले ग्राहकको मन जिती पहिलो रोजाइ बनेको एडभान्स अटो मोबाइल्स प्रालिका सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले बताए । भट्टराईले यस्ता योजनाहरु र एक्सचेन्ज क्याम्पलाई निरन्तरता दिइने पनि सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया