लागुऔषधसहित पक्राउ

समाधान संवाददाता २०७८ पुष ८ गते ११:५०

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित २९ वर्षे प्रदीप विकलाई पक्रेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले पोखरा–३० पावर हाउस चोकस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारीसाधन चाँचका क्रममा स्याङ्जाको फेदीखोला–२ सर्केटारी स्थायी घर भई पोखरा–६ लेकसाइड बस्ने विकलाई पक्राउ गरिएको निमित्त प्रवक्ता प्रनि दीपक केसीले जानकारी दिए ।


उनका अनुसार विकलाई डाइजापाम–५१ एम्पुल, फेनारगन–५१ एम्पुल र नर्फिन–५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध, ५ हजार, एक थान मोबाइलसहित पक्राउ गरिएको हो । निजलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया