नाडा पदाधिकारीको टुंगो

समाधान संवाददाता २०७८ पुष ८ गते ११:५३

काठमाडौं ।

नाडामा पदाधिकारीको टु‌ंगो लागेको छ । बुधबार बसेको बैठकले पदाधिकारी टुङग्याएको हो । कार्यसमिति बैठकबाट उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकार श्रेष्ठ, महासचिवमा सुरेश कुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका हुन् ।


उपाध्यक्षमा सुनिल रिजाल र निराकर श्रेष्ठको बराबर मत आएपछि आधा आधा कार्यकाल जिम्मेवारी लिने व्यवस्था मिलाइएको छ । श्रेष्ठ पोखराको औद्योगिक घराना लक्ष्मी ग्रुपका निर्देशक हुन् । प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र पोखराका मोहनबाबु खड्का निर्वाचित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया