कास्कीकाे ढिकुरपाेखरीमा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

समाधान संवाददाता २०७८ पुष ८ गते १२:४४

पाेखरा ।

सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । बुधबार राती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरकाे स्कुटर ढिकुरपाेखरीमा ट्रकमा ठाेकिएकाे हाे ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसी रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार राती १२ बजेको आसपासमा दुर्घटना भएको हो । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया