कपडा बाड्दै नागरिक परोपकार

समाधान संवाददाता २०७८ पुष ९ गते १२:५८

लेखनाथ –नागरिक परोपकार समन्वय संस्था पोखरा ३० ले प्राकृतिक विपत्ति, आगलागी र गरिबीका कारण चिसो र कपडाको अभावले समस्या परेकाहरुका लागि न्यानो कपडा संकलन गरी वितरण सुरु गरेको छ ।


पोखरा ३० का वडाध्यक्ष श्रीरामपोखरेलले राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै आभार प्रकट गरे । कार्यक्रममा कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार रमानाथ पौडेल, दाताको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघ सदस्य गंगा मल्ल, युवा परिचालन उपसमिति संयोजकशिवराज सुवेदी, सचिव रामराज अधिकारी र सहसचिव गीता जमरकट्टेलले बोलेका थिए ।


कार्यक्रम संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको थियो । संस्थाले व्यापारिक स्थल, व्यावसायिकप्रतिष्ठान, उद्योगमा लामो समय स्टक रहेका, फेसन आउट भई बिक्री नभएका लगायतका कपडार इच्छुक अरु दातालाई पनि सहयोग गर्न आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया