एगा पोखराको सभा

समाधान संवाददाता २०७८ पुष ९ गते १३:०२

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसियसन (एगा) पोखराको १८ औं साधारण सभा भएको छ । पोखरा २२ कालाबाङ घरेडी होमस्टेमा भएको साधरणसभामा पर्यटकीय उत्पादनलाई जोड दिँदै स्वदेशी उत्पादनलाई ब्रान्डिङ गर्ने योजना प्रस्तुत गरिएको छ ।


कार्यक्रममा पोखरा पर्यटन परिषद अध्यक्ष गोपीबहादुर भट्टराइले पोखराको पर्यटन विकास र प्रवद्र्धनमा एगाका उत्पादनले सकारात्मक भूमिका खेलेको बताए ।उनले आगामी दिनमा पोखरालाई देश, विदेशमा चिनाउने उत्पादनमा पनि जोड दिन आग्रह गरे । स्वदेशी तथा विदेशी पाहुनाको रोजाइको सहर पोखरा भए पनि पाहुनाले पोखराको चिनोका रुपमा लाने स्थानीय उत्पादन अझै हुन नसकेको जनाउँदै उनले पर्यटक लक्षित उत्पादनमा जोड दिनुपर्ने आवश्यता औंल्याए ।


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत नवीन पोखरेलले सुन्दर सहरको चिनारी बोकेको पोखराले आफ्नै उत्पादनलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय जगतमा चिनाउनुपर्ने आवश्यता औंल्याए । उनले पर्यटन लक्षित रचनात्मक कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

Advertisement


पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले पर्यटन क्षेत्रको विकासमा सामूहिक धारणा र सोचको आवश्यतामा जोड दिए । संस्थाका अध्यक्ष विश्वराज पोखरेलले एगा सम्बद्ध व्यवसायीले आन्तरिक तथा बाह्रय पर्यटकलाई नेपाली मौलिकता बोेकेका उत्पादन सोभनियरका रुपमा प्रस्तुत गर्दै आएको जनाउँदै आगामी दिनमा पोखराको चिनारीको रुपमा उत्पादनलाई जोड दिने प्रतिबद्धता गरे ।


कार्यक्रममा पोखरा पर्यटन परिषदका निर्वतमान अध्यक्ष चिरञ्जीवी पोखरेल, संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक गोर्कण लम्साल लगायतले पर्यटनको विकास र एगाको संस्थागत उद्देश्यको बारेमा प्रकाश पारेका थिए । सभामा संस्थाका सचिव गीता ढकाललेसचिव प्रतिवेदन पेश गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया