डोबाटेलाई आन्तरिक मामिला मन्त्रालय दिइँदै

समाधान संवाददाता २०७८ पुष १२ गते १६:५१


पोखरा ।
अहिलेसम्म विनाविभागीय मन्त्री रहेका डोबाटे विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । त्यही प्रयोजनका लागि मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरिएको छ ।


मन्त्रिपरिषदको सोमबारको बैठकले उक्त नियमावली संशोधन गरेको हो । मन्त्रिपरिषदको निर्णय २४ घन्टाअघि सार्वजनिक नगर्ने परम्पराअनुसार उक्त संशोधन पारित भएको जानकारी औपचारिक रुपमा बाहिर आएको छैन । स्रोत भने उक्त निर्णय भएको पुष्टि गर्छ ।
गण्डकी प्रदेश सरकारमा १२ जना मन्त्री छन् । मन्त्रालय भने ११ वटा थिए । अब मन्त्रालय पनि १२ वटा हुने भएका छन् । विश्वकर्मा असोज २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

स्रोतका अनुसार मंगलबार मुख्यमन्त्रीले डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी औपचारिक रुपमा सुम्पने छन् र सपथ पनि गराउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया