अनेरास्ववियु मादी गाउँपालिका प्रथम अधिवेशन हुँदै

समाधान संवाददाता २०७८ पुष १२ गते १८:४४

पोखरा ।
अनेरास्ववियु मादी गाउँपालिकाको प्रथम अधिवेशन पुस २० गते हुने भएको छ ।

नेकपा एमाले भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रथम अधिवेश गर्न लागेको पालिकाका संयोजक याेगबहादुर क्षेत्री (रबि) ले जनाकारी दिए । उनका अनुसार यस भन्दाअघि पालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा गएर अनेरास्ववियु विद्यालय प्रारम्भिक कमिटी गठन गरिसकेकाे छ ।


मादी गाउँपालिका वडा नम्बर ४ मा रहेका ध्रुव माध्यमिक विद्यालयमा सम्मेलन हुने उनले जनकारी दिए । प्रथम पालिका सम्मेलनले ७ पदाधिकारी सहित ४१ जना कमिटी चयन गर्ने उनले जानकारी दिए । जसमा १ जना अध्यक्ष, २ उपाध्याक्ष, सचिव, २ सह–सचिव, कोषध्यक्ष, हुनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया