पालिखेद्वारा कांग्रेसको सम्मान अस्वीकार

समाधान संवाददाता २०७८ पुष १७ गते १८:१८


पोखरा ।


समाजसेवी कर्णशंकर पालिखेले नेपाली कांग्रेस कास्कीबाट गरिएको सम्मान अस्वीकार गरेका छन् । कांग्रेस कास्कीले पुराना कांग्रेसीलाई सम्मानको कार्यक्रम शुक्रबार राखेको थियो । महामन्त्री विश्वप्रकाश शर्माले थुप्रै पुराना कांग्रेस नेता तथा कार्यकर्तालाई सम्मान गरेका थिए ।
पालिखेले सोही सम्मानमा आफ्नो नामसमेत आएको भन्दै आश्चर्य चकित भएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पालिखेले उक्त सम्मानको भत्र्सनासमेत गरेका छन् । ‘म नेपाली कांग्रेसको साधारण सदस्य पनि नभएको हुँदा मेरो सहमति र जानकारी बेगर कसरी यो हुन गयो, त्यसमा दुख प्रकट गर्दै घोर भत्र्सना गर्दछु र नेपाली कांग्रेसको यो सम्मान अस्वीकार गर्दछु,’ विज्ञप्तिमा पालिखेले भनेका छन्, ‘लगभग एक दशकदेखि म मेरो जेठो छोरा नरेशशंकर पालिखेसँग मात्रै बसिरहेकोमा उसको पनि जानकारी र सहमतिबिना भएको यो कार्य अत्यन्त निन्दनीय र खेदजनक भएको सबैलाई जानकारी गराउँछु ।’

Advertisement


कसैलाई पनि सम्मान गर्ने कार्य गर्नुअघि व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्न नेपाली कांग्रेसले जानोस् भन्ने अनुरोध पालिखेले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया