राजीव चम्किँदा आर्मी सेमीमा

अभिषेक अधिकारी २०७८ माघ ११ गते २०:०४

अभिषेक अधिकारी


पोखरा ।
पाँच पटकको आहारारा गोल्ड कप विजेता थ्रिस्टार फुटबल क्लब नेपाल आर्मी फुटबल क्लबसँग १ गोलले पराजित भएको छ । मंगलबारको अन्तिम क्वाटरफाइनलमा जित निकालेसँगै आर्मीले मनाङ मस्र्याङदीसँग भेट पक्का गरेको छ । आर्मीको जितमा राजीव गुरुङले १ गोल गरे ।
सुरुवाती दोस्रो मिनेटमा नै आर्मीको डिबक्समा पहिलो अवसर बनाएको थ्रि स्टारको प्रयासलाई आर्मीका डिफेन्डरले निष्क्रिय पारे । खेलमा दुवै टिमले अवसर बुने पनि गोलमा रुपान्तर गर्न सकेनन् ।


आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३० औं मिनेटमा कर्नरकिकबाट हेडिङ पास बिमल पाण्डेको नजिक पु¥याए । विमलले आफ्नो नजिकको अवसरलाई भेट्न नसक्दा आर्मीको अग्रता बढाउने अवसर गुम्यो । आर्मीका टंक बस्नेतलाई विपक्षी डिफेन्डरले लडाएपछि डिब्कस नजिक पाएको फ्रिकिकलाई आर्मीले पुन अवसरमा बदल्न सकेन । जर्जको प्रहारलाई थ्रिस्टार गोलरक्षक गुइलामे युवेस प्रिसोले रेके ।

Advertisement


पहिलो हाफको खेलमा आर्मीले केही उत्कृष्ट अवसर बुने पनि गोल गर्न सकेन । थ्रिस्टारका खेलाडीको तालमेल नमिल्दा डिबक्स बाहिरको प्रहारले गोलपोस्टको बाटो लिन सकेन । आफ्नो मिड फिल्डसम्म आई थ्रि स्टार गोलरक्षक गुलेमे आफ्नो टिमलाई हौसला दिन चाहन्थे तर उनले विपक्षीलाई दबाब दिन सकेनन् ।


दोस्रो हाफको सुरुवातमै थ्रिस्टारले डिफेन्स परिवर्तन ग¥यो । निशान खड्काको स्थान निरञ्जन मर्हजनले लिए । खेलको १२ औं मिनेटमा एट्याकिङमा उत्रेको आर्मीको प्रयासलाई बिफल पार्दै लगत्तै काउन्टर एट्याकमा उत्रिएको थ्रि स्टारलाई पनि आर्मी डिफेन्डरले बिफल बनाए ।
खेलको ६० औं मिनेटमा आर्मीका टंक बस्नेतलई डिफेन्डर जीवन गुरुङले फाउल गरेपछि थ्रिस्टारले दाहिने कर्नर नजिक फ्रिकिक पायो । आर्मी फर्वाड जर्ज प्रिन्सको प्रहारलाई गोलरक्षक गुलेमेले रोके । लगत्तै आर्मीका शेषहाङ आङदेम्बेले पुन प्रहार गरे तर पोस्टको निकै परबाट बल बाहिरियो ।

Advertisement


आर्मी प्रशिक्षक राजु तामाङले ६४ औं मिनेटमा मिडफिल्ड टंक बस्नेत घाइते भएपछि विकल्पमा फर्वाड राजीव गुरुङलाई मैदानमा उतारे । मैदान प्रवेश गरेको ६ मिनेटमै राजीवले सानदार गोल गरे । खेलमा पहिलो र एकमात्र गोल यही बन्यो । थ्रिस्टार डिफेन्स लाइन नै एट्याकिङमा उत्रिएका बेला र गोलरक्षक डिबक्स बाहिर निस्किएको मौकामा जर्ज प्रिन्स कार्कीको पासमा राजीवले डिबक्स बाहिरबाट नै ग्रासबलमा गोल गरे ।


थ्रिस्टार फर्वड सुशान श्रेष्ठले खेलको ८१ औं मिनेटमा ओभरहेड किकको प्रयास गरे । उनले प्रहार गर्न नपाउँदै आर्मी डिफेन्डरले सुशानको प्रयासलाई सफल हुन दिएनन् । खेलमा थप गोल हुन नसक्दा राजीवको गोल नै निर्णायक बन्न पुगेको छ । मंगलबार सूर्यबहादुर स्मृति उत्कृष्ट खेलाडी पनि राजीव नै बने ।


खेल अवधिभर थ्रिस्टारले गोल गर्न नसके पनि पहेलो कार्डको भने वर्षा भईरह्यो । खेलको ६० औं मिनेटमा डिफेन्डर जीवन गुरुङ, ७४ मिनेटमा गोलरक्षक गुइलामे, पहिलो हाफको अतिरिक्त समयमा डिफेन्डर रोफल बिडास, ७७ मिनेटमा कप्तान अशोक खवास र खेलको दोस्रो हाफको इन्जिुरी समयमा डिफफेन्डर युकेश गुरुङले पहेलो कार्ड पाए । उनीहरु सबै थ्रिस्टारका खेलाडी हुन् । आर्मीका पदम तामाङले ५५ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । अब १३ गते आर्मी र मनाङको सेमिफाइनलमा भेट तय भएको छ ।

तपाईको प्रतिक्रिया