महानगरको अन्तिम नगरसभा कर्मचारी सेवा विधेयक पारित, ४ ऐन संशोधन

श्याम कुँवर २०७८ माघ २९ गते १४:३४

पोखरा ।
कर्मचारी सेवा विधेयक २०७८ सहित विभिन्न ५ ऐन संशोधन गर्दै विधायन सभा तथा हिउँदे अधिवेशनका रुपमा रहेको पोखरा महानगरपालिकाको १० औं नगर सभासकिएको छ ।


पोखरा सभागृहमा भएको नगरसभामाविधायन समिति संयोजक शोभामोहन पौडेलले कर्मचारी सेवा विधेयक २०७८ टेबुल गरेका थिए ।उनले संशोधनका लागि नगरसभामाबालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७५ दोस्रो संशोधन विधेयक, नगर प्रहरी व्यवस्थापन ऐन २०७५को दोस्रो संशोधन विधेयक, खेलकुद व्यवस्थापन ऐन २०७५ दोस्रो संशोधन विधेयक, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७६ पहिलो संशोधन टेबुल गरेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

Advertisement


पोखराका मेयर जिसीले पोखराको समृद्धि र विकासका लागि महानगरका जनप्रतिनिधि र गण्डकी प्रदेश सरकारबीच नियमित संवाद गर्ने बताए । कोभिड १९ को संक्रमण विरुद्ध लड्न र लकडाउनको बेला न्यून आय भएका गरिब परिवारलाई राहतको व्यवस्थापन गर्न जनप्रतिनिधिले जिउज्यानको जोखिम मोलेर काम गरेको उल्लेख गर्दै उनले जनप्रतिनिधिले अझ महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बाँकी रहेको जनाए ।


महानगरका जनप्रतिनिधिले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी अनुसार काम गरेको उनले उल्लेख गरे । उनले अझ गर्न बाँकी काम भएर खोजेर ल्याएको खण्डमा उपयुक्त प्रस्तावको आधारमा महानगरले सहयोग गर्ने बताए । मेयर जिसीले पारित भएका ऐन र तिनको संशोधनले महानगरपालिकाको समग्र विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने दाबी गरे । उपमेयर गुरुङले महानगरले सबैका लागि अनुकरणीय र राम्रो कानुन बनाएको दाबी गरिन् । नयाँ कानुन बनाएर काम गर्नुपर्दा केही अलमल भए पनि विकास, निर्माणको कामले गति लिने बेलामा कोभिड १९को मार व्यहोर्नु परेको उनले उल्लेख गरिन् ।

Advertisement


नेकपा (एमाले)का सचेतक शोभामोहन पौडेलले महानगरले अहिलेसम्म ४४ ऐन, २२ नियमावली, ३१ कार्यविधि, २२ निर्देशिका, ४ नीतिसहित १सय२४ ऐन कानुन बनाएको जानकारी दिए । उनले महानगरका कुनैपनि जनप्रतिनिधि विरुद्ध उजुरी नपरेको उल्लेख गरे । उनले सूत्र र विधि बनाएर व्यवस्थित हिसाबले बजेट खर्च गरेको दाबी गरे ।


पौडेलले पोखरा चक्रपथ निर्माणका लागि सहकार्य गर्न गण्डकी प्रदेश सरकारसमक्ष प्रस्ताव गरे । उनले कार्यपालिकाको अर्को पूर्ण बैठकले फेवातालको मापदण्डका बारेमा निर्णय गर्ने जानकारी दिए । नेपाली कांग्रेसका सचेतक रामराज लामिछानेले स्मार्ट सिटी बनाउनुपर्नेमा कुरुप सिटीमा परिणत भएको आरोप लगाए । उनले सुझबुझका साथ कानुन नबनाउँदा बारम्बार संशोधन गर्नु परेको जनाए ।उनले करको दायरा बढाउनुभन्दा कमिसनकोदायरा बढाएको आरोप लगाए । महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले १० औं नगर सभा अहिलेका जनप्रतिनिधिको लागि अन्तिम सभा भएको बताए ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया