कांग्रेस कास्की महासमिति चुनाव ९ गते

समाधान संवाददाता २०७८ फागुन ४ गते १९:३२

कास्कीमा कांग्रेसको महासमिति सदस्यको निर्वाचन फागुन ९ गते हुने भएको छ । निर्वाचन अधिकृत कपिलमणि दाहालले बुधबार सूचना जारी गर्दै महासमिति सदस्यको निर्वाचन ९ गते हुने उल्लेख गरेका हुन् ।

कास्कीका ३ वटै क्षेत्रबाट ३३ महासमिति सदस्य निर्वाचित हुँदै छन् । निर्वाचनका लागि कार्यतालिका र स्थान पनि तोकिएको छ । कास्की क्षेत्र नं. १ मा खुदीको वीपी स्मृति भवन, क्षेत्र नं. २ मा जिल्ला पार्टी कार्यालय र क्षेत्र नं. ३ मा क्षेत्रीय पार्टी कार्यालय हेमजामा निर्वाचन हुनेछ ।

निर्वाचनमा पार्टीका सबै क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने छन् । स्थानीय निर्वाचनको सम्मुखमा हुन लागेको महासमिति चुनावलाई सर्वसम्मत गर्न प्रयत्न हुने कांग्रेस कास्की सचिव भानु ढकालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया