साइकल सिटी पोखरा अध्यक्षमा अभिषेक

समाधान संवाददाता २०७८ फागुन ५ गते २१:२५

स्वास्थ वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारणसभा तथा ५ औं अधिवेशनबाट अभिषेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चुनिएको छ ।

उपाध्यक्षमा राजन गंगजु, सचिवमा जय गुरुङ, कोषाध्यक्षमा दीपक कार्की, सहसचिवमा धरमबहादुर लामिछाने छन् । सदस्यमा मोहनसिंह लालचन, नवराज थापा, दीपेन्द्र मर्सानी, दुर्गाप्रसाद अधिकारी, रक्से लामा र राजीव मुल्मी निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रकाश बज्राचार्यले दिए ।

कार्यक्रममा पुराना साइक्लिस्ट तथा चित्रकार आलोक गुरुङले साइकलको महत्व र उपयोगिता धेरै नै रहेको बताए । कार्यक्रममा कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पूर्व अध्यक्ष प्रकाश बज्राचार्य र जितेन्द्रमान शाक्यले साइकल सिटी पोखराले उल्लेखनीय कार्य गरेको बताए ।

Advertisement

सभाले कोषाध्यक्ष जय गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा साइकलमार्फत बिभिन्न ठाउँको प्रमोसन साथै भ्रमण गर्ने साइक्लिस्टलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष महेन्द्रराज कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया