नेपाली कांग्रेस पोखरा १२मा टोल कार्यसमिति

समाधान संवाददाता २०७८ फागुन ६ गते २०:१०

पोखरा ।
नेपाली कांग्रेसको पोखरा महानगरपालिका वडा १२ काे टोल कार्यसमिति गठन गरेको छ । माघको पहिलो हप्तादेखि सुरुभएको टोल कमिटी गठन फागुन १५ सम्म हुने सभापति सन्तोष बास्तोलाले बताए । ‘अहिले सम्म १० वटा टोल कमिटी गठन गरिसक्यौं । अब केही दिनमै २२ वटै टोलमा कमिटी टंगो लगाछौं,’ बास्तोलाले सुनाए ।


उनका अनुसार पार्टीको निर्देशन अनुसार वडामा कमिटी गठन भएको बताए । ‘टोल सुधार कार्यक्रम अगाडि बढिरहेको छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तत्पर छौं,’ बास्तोलाले भने ।

टोल सुधार कार्यक्रममा प्रत्येक वडाबाट १५ जनाको कमिटी बनाइएको उनले बताए । ‘कमिटीमा सभापति, उपसभापति, सचिव, सहसचिव, कोषध्यक्ष पदाधिकारी सहित १५ जनाको कमिटी गठन गरिएको छ,’ बास्तोलाले भने । जिल्लाबाट खटिएका प्रतिनिधिहरुले कमिटी बिस्तार गरिएको उनले सुनाए ।

Advertisement

कास्की कांग्रेस १ ‘ख’ का सभापति कृष्ण कोइराला, पूर्व सभापति कृष्ण केसी र सभापति बास्तोला साथै जिल्ला सदस्य दीपक सुवेदी, ज्योति कोइरालाहरुको उपस्थीतिमा कमिटी गठन गरिएकाे हाे । बास्तोलाका अनुसार टोल सुधार कार्यक्रममा टोलबाँसीको उल्लेखनिय उपस्थीति रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया