गुल्मेली समाज र रेसुंगा सहकारीको रक्तदान, ४२ युनिट रगत संकलन
समाधान संवाददाता
२०७८ फागुन ११ गते १९:५६

पोखरा ।
पोखरामा भएको रगत अभावलाई कम गर्न गुल्मेली समाज पोखरा र रेसुंगा बचत तथा ऋण सहकारी संस्थाले बुधबार खुला रक्तदान आयोजना गरेका छन् ।
कार्यक्रममा ४२ युनिट रगत संकलन भएको समाजका वरिष्ठ उपाध्यक्ष नारायण न्यौपानेले जानकारी दिए । समाजका सल्लाहकार प्राडा यदुनन्दन ढकालले पहिलो रक्तदाता प्रकाश ज्ञवालीलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा समाजका अध्यक्ष भानुभक्त भण्डारी, सचिव रुक्मागत पोखरेल, कार्यक्रम संयोजक विष्णु पाण्डे, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
समाजले प्रत्येक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको रक्त सञ्चार केन्द्रको अनुरोधमा समाजले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो ।
सम्बन्धित







सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया