भालुपहाड सडक खण्डबाट मोटरसाइकल सहित खसेर वाइसिएल नेता पौडेलको निधन

समाधान संवाददाता २०७८ फागुन १४ गते १६:३०

पोखरा ।

पोखरा
स्याङ्जाको फेदीखोला गाउँपालिका घर भएका माओवादी युवा नेता सुवास पौडेलको दुर्घटनामा परी निधन भएको छ । आफ्नो घर सर्केटारी आउँदै गर्दा शुक्रबार साँझ भालुपहाड सडक खण्डमा उनले चलाइरहेको मोटरसाइकल भीरबाट खसेको बताइएको छ ।


उनी नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर पोखरा फर्किदै थिए । पौडेल वाइसिएलको केन्द्रीय स्वास्थ्य विभाग प्रमुख हुन् । सिद्धार्थ राजमार्गको फराकिलो बनाउने काम भइरहेको खण्डमा पौडेलको मोटरसाइकल चिप्लिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पौडेल सडकबाट डेढ सय मिटर तल खसेका थिए ।

Advertisement

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता समेत रहेका इन्स्पेक्टर पदम थापाका अनुसार पौडेलको शव भिरमा अड्किएको हुँदा निकाल्न समेत कठिन भएको छ । शव निकाल्न पोखराबाट टोली मगाइएको जानकारी उनले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया