मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल शनिबार मधेस भ्रमणमा जाने

समाधान संवाददाता २०७८ फागुन १७ गते १८:४९

पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शनिबार मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फागुन २१ गतेदेखि २३ गतेसम्म गर्न लागेको भ्रमणको कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले उक्त जानकारी दिएका हुन् ।

Advertisement

‘मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर रावत प्रदेशमा भ्रमण गर्न आउँदा मुख्यमन्त्रीलाई मधेश भ्रमणको निम्तो दिनुभएको थियो । भ्रमणको निम्तोलाई स्वीकार गरेर मुख्यमन्त्री सहितको टोली जान लागेको हो,’ खड्काले भने ।


असोज ६ गते मुख्यमन्त्री लालबाबु रावत पोखराको ३ दिने भ्रमणमा आएका थिए । त्यसै बेला उनले मुख्यमन्त्री रावतलाई भ्रमणको निम्तो दिएका खड्काले बताए । दुई प्रदेशबीचको आन्तरिक पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले मुख्यमन्त्री नेतृत्वको टोली तीन दिने भ्रमणका गरेको थियो । दुबै प्रदेशबीचको सहकार्य र पर्यटन प्रवर्ध्दनका विषयमा छलफलका समेत गरिने भएको थियो । मुख्यमन्त्री रावतको सम्मानमा पोखराको लेकसाइडस्थित होटल बाराहीमा गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले राति भोजको समेत आयोजना गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया