माओवादी केन्द्र पोखरा अध्यक्षमा गिरी

समाधान संवाददाता २०७८ फागुन १९ गते २१:००

पोखरा ।
नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीको बिहीबार सम्पन्न पूर्ण बैठकले पदाधिकारी चयन गरेको छ । बैठकले हरिनारायण गिरी (विज्ञान)लाई अध्यक्ष चुनेको छ । भानुभक्त अधिकारी, पुष्प ढुंगाना र हर्कमान विक उपाध्यक्ष चयन भएका छन् । सचिव जनकराज पराजुली, सहसचिव विमला पहारी भएका छन् । कोषाध्यक्ष सूर्यप्रकाश तिवारी चुनिएका छन् ।


केही समयअघि भएको माओवादी केन्द्र पोखरा महानगरपालिका सम्मेलनले १ सय सदस्यीय कमिटी चयन गरेको थियो । त्यसरी चुनिएको कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया