कांग्रेस गण्डकीको कार्यालय अनुगमनमा गगन

समाधान संवाददाता २०७८ फागुन २० गते १७:४०


पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शुक्रबार पार्टीको गण्डकी प्रदेश कार्यसमिमितको कार्यालय अनुगमन गरेका छन् ।


अनुगमनका क्रममा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सम्पूर्ण क्रियाकलाप एवं गतिविधिहरु विधान अनुरुप सञ्चालन हुने महामन्त्री थापाले बताए ।


२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन एक दिन पनि तलमाथि नहुने भएकाले पार्टीका सबै तहहरु र कार्यकर्ता निर्वाचन केन्द्रित भई संगठनका गतिविधिमा लाग्न उनले निर्देशन गरे । एमसिसीका बारेमा बोल्दै माहामन्त्री थापाले वामपन्थीहरुले नागरिकमा भ्रम सिर्जना गरेको र अहिले आएर आफै अलमलमा परेको पनि बताए ।

Advertisement

नेपाली कांग्रेसका परिपक्क नेता प्रधानमन्त्री शेरबहादुर देउवाको दृढ संकल्पवाट एमसिसी अनुमोदन भएको र उक्त परियोजनाबाट नेपालीहरुले ठूलो लाभ प्राप्त गर्ने थापाको भनाइ थियो ।


कार्यक्रममा सभापति शुक्रराज शर्माले सबैलाई स्वागत गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सबै एक भएर जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए । कार्यक्रमा प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिँदै एकताबद्ध भई संगठनमा लाग्न कार्यकर्ताहरुमा आग्रह गरेको प्रदेश समिति प्रवक्ता मधु बास्तोलाले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया