ओली हेलिकोप्टरमा केही बेरपछि पोखरा आउँदै

समाधान संवाददाता २०७८ फागुन २३ गते १३:४८

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा सोमबार पोखरा आउँदै छन् ।

आली नवलपुरमा भएको कार्याक्रम सकेर हेलिकोप्टर मार्फत पोखरा आउँने प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए । ‘उहाँ ४ वटा कार्यक्रममा सहभागी हुन पोखरा आउँन लाग्नुभएको हो । नवलपुरमा एउटा शैक्षिक शैक्षिक संस्थाको वार्षिकोत्सव छ । यसलाई सम्बाधन गरेर उहाँ निधारित कार्याक्रम सकेर हेलिकोप्टर मार्फत पोखरा आउँनुहुन्छ ।’

दिउँसो १२ बजे पोखरा आउँने कार्यक्रम भएपनि केही समय ढिला गरेर दिउँसो २ बजेको समयमा पोखरा ओलर्ने कार्यक्रम भएको दवाडीले बताए ।

Advertisement

‘उहाँले पोखरामा आएर एउटा पत्रिकाको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमालेको भ्रातृसंस्था प्रवासी नेपाली मञ्चले गत साउनमा स्थापना गरेको अक्सिजन प्लान्ट उद्घाटन गर्ने कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम आयोजनामा सहभागी हुन पोखरा आउँनु भएको हो,’ दवाडीले भने । आली पोखरामा १ दिन बस्ने कार्यक्रम भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया