हाेटल स्नाेल्यान्डमा २७ गते शेयर बजार सम्बन्धी छलफल

समाधान संवाददाता २०७८ फागुन २६ गते २२:४७

होटेल स्नो ल्यान्ड पोखराले नियमित सञ्चालन गर्दै आएको कार्यक्रम “क्रस द बोर्डर“ अन्तर्गत फागुन २७ गते नेपालको समग्र पुँजी बजार विषयमा छलफल गर्ने तयारी भएको छ ।

सो कार्यक्रममा पुँजी बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले, “शेयर बजारको चाल र लगानी व्यवस्थापन“ विषयमा आफ्नो धारणा व्यक्त गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यामा निर्वाचित भए पश्चात पौडल पुँजीबजार फोरमको सभापतिकाे जिम्मेबारीमा छन् । शेयर बजारमा चर्चित पौडेलले पूर्वाधार, पर्यटन, उर्जा लगायतका विभिन्न क्षेत्रहरुमा पनि लगानी विस्तार गरिसकेका छन् ।

Advertisement

पुँजी बजारमा करिब २८ वर्ष विताइसकेका पौडेल नेपाल टेलिकमदेखि विभिन्न क्षेत्रका कम्पनीहरुको संचालकको जिम्मेबारी पनि छन् । नेपाल सरकारको निजामती सेवामा शाखा अधिकृत भएर करिब ११ वर्ष सेवा गरेका पौडेल पूर्ण रुपमा शेयर बजार प्रबेश गरेसंगै शेयर लगानीकर्ता मात्र सिमित नभई एक उद्यमी नै बनिसकेका छन् ।

होटेल स्नोल्यान्ड पोखराले विगत लामो समयदेखि आयोजना गर्दै आइरहेको सो कार्यक्रम विगत केही समय यता कोभिडका कारण स्थगन भएको थियो । शुक्रवार आयोजना हुन लागेको सो कार्यक्रम दिउँसो ४ बजे देखि ६ बजेसम्म बाराही चोक स्थित होटेलको सभाहलमा सञ्चालन गरिने छ ।

Advertisement

कार्यक्रममा सहभागी निःशुल्क भएकोले नेपाली शेयर बजार बारे जानकारी लिन ईच्छुक सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन हाेटल सञ्चालन गणेश थापाले बताए ।

तपाईको प्रतिक्रिया