पूर्वाधार निर्माणका काम अगाडि बढाउन गण्डकी सांसदकाे माग

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:२५

पोखरा ।
गण्डकी प्रदेश सभाको बैठकमा सांसदले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउन माग गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका सांसद कृष्ण थापाले शनिबार प्रदेश सभामा पोखरा महानगरपालिका वडा नम्बर ३२ र ३३ जोड्न पुल बनाउने काम तत्कालअघि बढाउन सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।


थापाले वडा २१ फुस्रेखोलादेखि मट्टीखान जोड्ने बाटो बनाउने काम रोकिएकाले काम सुरु गर्न मागसमेत गरे । पर्वतको कुस्मा नगरपालिकाभित्र दोबिल्ला खोलाको जीर्ण मोटरेबल पुल जीर्ण अवस्थामा भएकाले त्यसलाई मर्मत गर्न पर्वत एमालेकी सांसद जुनादेवी नेपालीले सभामुखमार्फत् सरकारको ध्यानकर्षण गराइन् । उनले भनिन्, ‘यो जीर्ण पुललाई मर्मत गरी सञ्चालन गर्न सभामुखमार्फत् सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’


पर्वतकै अर्का सांसद विकास लम्सालले सरकारले विगतका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा बजेट कटौती गरेको अरोप लगाए । ‘हिजो पृथ्वीसुब्बा गुरुङको सरकारले पारदर्शी रुपमा बजेट ल्याउदा पोके बजेट भनियो । तर यो सरकारले ल्याएको बजेट फोके भयो ।’

Advertisement


कांग्रेस सांसद सरिता गुरुङले तनहुँमा भएको आगलागीका पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरिन् । ‘आगोले तनहुँमा १४ करोड क्षति भयो । प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराएको छैन,’ उनले भनिन् । माओवादी सांसद आशा कोइरालाले पनि तनहुँमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । ‘यति ठूलो क्षति भयो । यसलाई सिकेर प्रदेश सरकारले अब विपद्को पूर्वातयारी गर्न आवश्यक छ,’ उनले भनिन् । कोइरालाले तनहुँ क्षेत्र नम्बर २ का पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रक्रियाबारे जानकारी दिन उनले माग गरिन् ।


जनमोर्चा सांसद खिमबिक्रम शाहीले ढोरपाटन क्षेत्रमा गत १ गतेको अबिरल वर्षका कारणले बागलुङ जिल्लाको तमान खोला गाउँपालिका र ढोरपाटन गाउँपालिकामा बालिनालीमा क्षति पुगेको बताए । ‘खोलाले बहाव परिवर्तन गरी बस्तीमा जोखिम पु¥याएको छ । तत्कालै स्थलगत निरीक्षण गरी समस्या समाधान गर्न अनुरोध छ,’ उनले भने ।

Advertisement


सांसद शाहीले छ्याङतुङमा प्रशारण लाइन पु¥याउनसमेत माग गरे । यो गाउँ म्याग्दीको धौलागिरी गाउँपालिकासँग जोडिएको छ । ‘उज्यालो प्रदेश घोषण गर्र्र्र्ने तयारी भए पनि अझै त्यहाँ बिजुली पुगेको छैन, उनले भने ।

तपाईको प्रतिक्रिया