नारी दिवससँगै रेडियोको वार्षिकोत्सव

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५०

पोखरा ।
महिलाहरुले सञ्चालन गरेको रेडियो जननीले अन्तर्राष्ट्रिय नारी दिवसकै दिन वार्षिकोत्सव मनाएको छ । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस एवं वार्षिकोत्सवको अवसरमा रेडियोले ‘व्यवसायमा महिला, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया आयोजना ग¥यो ।


कार्यक्रमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । उनलेनेपाल सरकारले महिलाका निम्ति कानुन परिमार्जन गर्दै थुप्रै अवसर प्रदान गरिरहेको औंल्याए ।


व्यवसायिक, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रुपमा बढ्दै गएको उनको भनाइ छ । गण्डकीसरकारले स्तन क्यान्सर र पाठेघर क्यान्सरको निशुल्क उपचार गर्ने निर्णय गरेको उनले उल्लेख गरे ।

Advertisement

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यवसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको बताए । यसका लागि चालु आर्थिक वर्षको जीवन रक्षा कोषमा १ अर्ब रुपैयाँ राखिएको उनले सुनाए । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध संघ, संस्थाले महिला जागरणसम्बन्धी छलफल, तालिम र सशक्तीकरणका अभियान चलाइरहनुपर्नेमा उनले जोड दिए ।


नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणना अनुसार ३७ प्रतिशत महिलाले मात्र रोजगारी पाएको सुनाउँदै जागरुक हुन आग्रह गरे । पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलाका अधिकार र मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य मुना बास्तोलाले महिला व्यवसायीलाई उद्यमतर्फ आर्कषित गर्नका निम्ति समाजमा रहेका अवसर, चुनौती र समाधानका बिषयमा छलफल जरुरी भएको विचार राखिन् ।

Advertisement

कार्यक्रममा रेडियो जननीका संस्थापक अध्यक्ष हिरा भट्टराईलाई जननी सम्मान२०७८ प्रदान गरियो । सम्मानित भट्टराईले उद्यमशीलता प्रबद्र्धन गर्नका लागि सरकारले ल्याएका रणनीतिक कार्यक्रमबारे आम महिलाहरु अझै अनविज्ञ रहेको औंल्याइन् । रेडियो जननीका निवर्तमान अध्यक्ष मिलन थापाले अब महिला सामान्यदेखि नेतृत्व तहसम्म पुग्न महिला सक्षम रहेको जनाइन् । महिलाको नेतृत्व विकासमा सम्बन्धित निकायको चासोसँगै महिलाले पनि संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।


कार्यक्रम रेडियोका अध्यक्ष सबिता शेरचनको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ कार्यक्रम प्रस्तोता जमुना वर्षा शर्माले सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया