आदिवासी जनजाति महासंघ कास्कीमा कुमाल

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५२

पोखरा ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीको अध्यक्षमा मानिन्द्र कुमाल सर्वसम्मत भएका छन् । मंगलबार भएको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रथम छन्त्याल, विजेन्द्र चौधरी र बुद्धिमाया थापामगर, सचिवमा विष्णुमाया गुरुङ, सह–सचिवमा प्रमिला श्रेष्ठ, भीमकुमारी पुनमगर (पुष्पा) र वसन्त भट्टचन एवं कोषाध्यक्षमा चन्द्र तामाङ (मुस्कान) सर्वसम्मत बने ।


१७ सदस्यीय परिषद्का सदस्यमा यमकुमारी गुरुङ, लज्जावती दुरा, फुर्वा छिरिङ ताङ्वे, मनकुमारी तामाङ, रामबहादुर रजत, मीना श्रेष्ठ, देउकुमारी थापामगर र ढकमाया भुजेल छन् ।


अधिवेशनमा संविधानसभा सदस्य राजकाजी गुरुङ (करण)ले आफ्नो पहिचान र अधिकारका लागि आदिवासी जनजाति समुदायले एकताबद्ध भएर निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

Advertisement


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गणेश थकाली, प्रदेश अध्यक्ष खेम पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, तनहुँ अध्यक्ष वसुन्धरा घर्ती, लमजुङका अध्यक्ष हरिजंग तामाङ, भुजेल समाज सेवा समितिका महासचिव पानबहादुर घर्तीलगायतले बोलेका थिए ।


नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका वर्तमान अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्यालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया