चारभञ्ज्याङको अन्तर्राष्ट्रिय समितिमा चन्द्र

समाधान संवाददाता २०७८ फागुन २८ गते ९:५४

पोखरा ।
चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पोखरामा भएको प्रथम अधिवेशनले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चुनेको छ ।


सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा हुमबहादुर गुरुङ, पदेन उपाध्यक्षमा चारभञ्ज्याङ युकेका अध्यक्ष मदन गुरुङ, चारभञ्ज्याङ तमु समाज काठमाडौंका अध्यक्ष अनरेरी क्याप्टेन नारायणबहादुर गुरुङ, चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदीपकुमार गुरुङ र चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष ताराप्रसाद गुरुङ, महासचिवमा धनबहादुर गुरुङ(डिबी) र कोषाध्यक्षमा सुबेदार वीरप्रसाद गुरुङ छन् ।


सदस्यहरुमा लामेबाट सूर्यबहादुर गुरुङ, ठानामौला खाल्टेबाट रोशन गुरुङ, भँगराबाट हिरामती गुरुङ र दाद्राबाट समीर गुरुङ छन् । चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक अध्यक्ष पुरनध्वज गुरुङ संयोजक, माओत्सेतुङ गुरुङ सचिव र क्या. ठाकुरप्रसाद गुरुङ सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्वका लागि सहजीकरण गरेको थियो ।

Advertisement


नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुरले चारभन्ज्याङ क्षेत्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र वातावरण संरक्षणका लागि देशविदेशमा रहेका सबैको सहयोग पाउने अपेक्षा गरे । कार्यक्रममा चारभञ्ज्याङ तमु समाज युकेका संस्थापक अध्यक्ष लेप्टेनेन्ट नारायणप्रसाद गुरुङ(बीइएम)ले तमु समाजहरुलाई समन्वय गरी चारभन्ज्याङ क्षेत्र विकासका लागि नवनिर्वाचित कार्यसमिति सफल हुने विश्वास व्यक्त गरे ।


चारभञ्ज्याङ तमु समाज युके अध्यक्ष मदन गुरुङले चारभन्ज्याङ क्षेत्रको विकासका आयामलाई अघि बढाउने क्रममा कृषि र पर्यटनका सम्भाव्यता अध्ययन एवं चारै गाँउमा अन्तरक्रिया, अवलोकन गरिएको जानकारी दिए । नेपाल पत्रकार महासंघ पर्वतका कोषाध्यक्ष दिल विकले राज्यले गर्न नसकेको काम चारभञ्ज्याङ तमु समाजले गरिरहेको जनाए ।

Advertisement


कार्यक्रममा चारभञ्ज्याङ तमु समाज युकेद्वारा निर्मित चारभञ्ज्याङ प्रवद्र्धनात्मक गीत, म्युजिक भिडियो र डकुमेन्ट्रीको टिम, कलाकार, प्राविधिकलाई सम्मान गरिएको छ ।
चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समिति अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चारभञ्ज्याङ तमु समाज पोखरा अध्यक्ष प्रदीपकुमार गुरुङ, समन्वय समिति महासचिव हुमबहादुर गुरुङ, पोखराका सचिव माओत्से गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया